
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूमा मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्। मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी हुन्।
उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुःख पोख्दै आफूले कुनै क्षतिपूर्ति नमागेको र त्यो रकम आफूले लिने मनशाय पनि नरहेको स्पष्ट पारेकी छन् । थप पुरा जानकारी भिडियोमा हेर्नुहोस्
यो पनि,,गायिका मेलिनाले आफूभन्दा १८ बर्ष जेठो प्रेमीसँग इन्गेजमेन्ट गरिन् गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरु ले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन् ।
दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् ।
जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’
कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित
गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।
पछिल्लो समय मेलिनको चर्चा उच्च छ । भने कमल लामो समयदेखि चर्चामा नै छन् । यता सोसल मिडियामा भने उनीहरूको उमेर ग्यापको चर्चा चलेको छ ।