बालेनको फेरी अर्को एक्शन, मुख्यमन्त्री पाण्डेको अस्पताललाई सम्पत्ति कर तिर्न मेयर बालेनको १० दिने अल्टिमेटम…

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन )ले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसहितको शेयर रहेको मनमोहन अस्पताललाई सम्पत्ति कर तिर्न १० दिनको अल्टिमेटम दिएका छन् ।

मेयर बालेनको निर्देशनमा काठमाडौं महानगर पालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले मनमोहन अस्पतालसहित १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन पत्र काटेका हुन् ।

मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पतालमा मुख्यमन्त्री पाण्डे, डा. बंशिधर मिश्र, पूर्व समाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीसहितको शेयर रहेको छ ।

मनमोहन, सिविक हस्पिटल, काठमाडौं डेण्टल कलेज सामाखुसीसहित कर नबुझाएका १७ विभिन्न कम्पनी तथा संस्थानहरूलाई काठमाडौं महानगरपालिकाले कर बुझा उन १० दिने अल्टिमेटम दिएको हो ।

महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटकपटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुजाएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित

वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु अनुरोध छ महानगरको विज्ञप्तिमा उल्लेख भनिएको छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ कारबही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूल उपर गरिने पनि महानगरले ती अस्पताल सहितका कम्पनी/संस्थाहरुलाई चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनको निशानमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पण्डेसहितका ठूला माछा पर्न थालेका छन् ।mero sathi बाट