जनताले देशको चावी अझै पनि माओवादीको हातमा दिन चाहान्छन् : प्रचण्ड

काठमाडौं ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले देशको चावी अझै पनि माओवादीको हातमा दिन चाहेको बताएका छन् ।

बिहिबार पोस्टबहादुर बोगटीको स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।बैशाखमा सम्प न्न भएको स्थानीय तहको निर्वाचनबाट देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना जनतामा रहेको प्रचण्डले बताए ।

यो पनि,,जनताले हामीलाई माओवादी होइन खाओवादी पो भन्न थाले : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई जनताले माओवादी

होइन खाओवादी भन्न थालेको बताएका छन्। कोटेश्वर स्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादव को स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरेका छन् । न्यायको लागि लड्ने योद्धा भनेर चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ।

दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताएका छन् । उनले भने मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र ?

जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु राम्रो भएको उनको भनाइ थियो । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने कागजको गणतन्त्रले समाधान दिन नसक्ने बताएका छन् ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेका हरूले फेरि माइतीघरमा आएर जनताको दुःख,

कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ? पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस