
३० भदाै, काठमाडाैँ । भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष एवं नेपाली कांग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेको ‘पोर्न भिडि यो’ सामाजिक सञ्जालमा छरपस्ट भएको छ । एक युवतीसँग भिडियो च्याटमा निवस्त्र भएर यौनक्रियाकलाप गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
नेपाली कांग्रेसकै कार्यकर्ताहरूले फेसबुकको च्याट ग्रुप र म्यसेन्जरहरूमा यसलाई व्यापक बनाइरहेका छन ।भिडियो झट्ट हेर्दा एनिमेसन गरिएको जस्तो देखिदैन तर न्याैपानेले इन्डियन केटीले भिडियो बनाएर दुरूपयोग गरेको बताए का छन । भिडियोमा दुबैको अनुहारको हाउभाउ र याैनक्रियाकलाप हेर्दा न्याैपानेले च्याटनै गरेको जस्तो देखिन्छ । यद्यपी उनले साइबरक्राइममा अनुसन्धा नका लागि निवेदन दिएको र अनुसन्धा न भैरहेको बताएका छन ।
हामीले उक्त १ मिनेट ७ सेकेण्डको भिडियो हेरेपछि न्याैपानेको प्रतिक्रिया लिएका छाैँ । भिडियो सन्दर्भमा न्याैपानेसँग भएको कुराकानी हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।दैनिकीः हलो !
अर्जुनः हजुर ।
दैनिकीः अर्जुन सर बोल्नु भो ?
अर्जुनः हजुर ।
दैनिकीः ए सर नमस्कार ।
अर्जुनः नमस्कार हजुर नमस्कार ।
दैनिकीः म माधव तिवारी बोल्दै छु । सामाजिक सञ्जालमा तपाईको पोर्न भिडियो भाइरल भैरहेको रहेछ के हो वास्तविकता बताइदिनुस् न ।
अर्जुनः इमर्जिङ गरेर इन्डियनहरूले हालेको छ ।
दैनिकीः हजुर हजुर ।
अर्जुनः त्यो इमर्जिङ गरेर एनिमेसन गरेर इन्डियनहरूले हालेको छ । मैले साइबरक्राइममा दिइसकेको छु । हेर्नु भएन नोटिस ?
दैनिकीः कहाँ छ नोटिस ?
अर्जुनः नोटिस गरिसक्या छु । मेरोबाट पनि हाल्या छु । राम ढुंगानाको नामबाट पनि हल्या छु । राजन न्याैपानेको नामबाट पनि हालेको छु ।
दैनिकीः फेसबुकमा हाल्नु भएको छ तपाईले ?
अर्जुनः हाल्या छु । हालेर मेरो फेसबुक त्यो उ गरिसक्या छु मैले । अनि जसले पठायो त्यो साइबरक्राइममा हालिसक्या छु । इन्डियनहरूले चाहिँ त्यो दुईवटा नम्बर छ । दिव्या अग्रवाल भन्ने छ । त्यसैको नाममा केटाले गरेको रहेछ । मैले एम्बेसी मार्फत पनि गराएको छु । तिनीहरूले त्यो नम्बर ब्लक गरिसकेका छन । त्यो फेसबुक पनि ब्लक गरिसकेको छ ।
र, त्यो साइबरक्राइममा चाहिँ के रहेछ भने त्यो जसले सेयर गर्या छ नि ! तपाईलाई कसले पठायो ?
दैनिकीः हजुर
अर्जुनः तपाईलाई कसले पठायो ?
दैनिकीः हामीले सामाजिक सञ्जालमा देख्याैँ । धेरै जनाले पठाएका छन । त्यही भएर तपाईको प्रतिक्रिया मागेको ।
अर्जुनः तपाईलाई फेसबुकमा हैन, भाइबर र म्यासेन्जरमा पठाएको होला हैन ?
दैनिकीः म्यासेन्जर, भाइबर सबै ठाउँमा छ ।
अर्जुनः त्यो जसले पठायो त्यो पाँच वर्ष जेल पर्छ । तपाईले त्यो लिंक लिनुहोला । मलाई प्रिन्ट गरेर दिनुहोला । त्यो पाँच वर्ष जेल पर्छ । त्यो पठाउने सबैजना पाँच वर्ष जेल पर्छ भनिसक्या छ मैले साबइर क्राइममा हालिसक्या छु । तपाईले त्यो भिडियो सबै डिलिट गर्न लगाइदिनुहोला ।
दैनिकीः अनि यसबारे अरू के हो त ?
अर्जुनः दिब्या भन्नेले मसँग ५ लाख रूपैयाँ बार्गेनिङ गरेको थियो । मैले साबइर ब्यूरोमा उजुरी गरेपछि अनि उसले चाहिँ आफ्नो फेसबुक पनि बन्द गरेको छ ।
दैनिकीः साइबरमा चाहिँ कहिले उजुरी दिनुभएको हो तपाईले ?
अर्जुनः मैले अस्ति दिएको हुँ ।
दैनिकीः धन्यवाद
साभार दैनिकी खबर बाट…