हराएको टुकुचा खोला खोज्न थाले बालेन शाहले, जय नेपालमा हलमा डोजर चलाउँदा देखियो टुकुचा खोला-भिडियो

काठमाडौं ।काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको उदय भएसँगै काठमाडौँमा ठग, फटाहा र भू माफियाहरुको भागदौड मच्चिएको छ । अनाधिकृत रुपमा सरकारी जग्गा मिचेर

ठूला ठूला महल बनाउन पल्केकाहरुका कारण हराएको टुकुचा खोलाको अवस्था नामेट पारि एसँगै मेयर बालेनको पछिल्लो नजर टुकुचामा पनि परेको छ । बिहिबार हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड डोजरले भत्काउँदा

करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको छ । अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा काठमाडौंको विभिन्न स्थानमा अनधिकृत रुपमा बनेका संरचना भत्काउने काम भइरहेको छ ।

यसैबीच आज जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला फेला परेको हो । केही समयअघि स्थानीयहरुले खोला उत्खनन को पनि माग गरेका थिए ।

अनधिकृत भौतिक संरचना भत्काउने क्रममा काठमाडौ महानगरपालिकाको टोलीले बिहीबार जय नेपाल हल पुगेको थियो । महानगरले नक्सा अनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानीयको मागबमोजिम हलको कम्पा उन्डभित्र डोजर चलाएको थियो ।

हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको थियो । टुकुचा खोला

यसक्षेत्रमा गायब भएपछि स्थानीयहरुले खोला उत्खनन्को माग गर्दै आएका थिए । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो ।