“म राजनितिबाट सन्यास लिन्छु” भन्दा समेत जनताले दिएन : केपी ओली

माधव नेपालको पार्टीले एक सिट जिते, म राजनितिबाट सन्यास लिन्छुः के पी ओली ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटा उने ठोकुवा गरेका छन् ।

नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे ।पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्,माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनू ।’

प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्न कम्तिमा एक सिट जित्नुपर्ने र ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ ।३ प्रतिशत मत नल्याए जति सिट जितेपनि समानुपाति कतर्फको सांसद निर्वाचित हुने छैनन् ।

ओलीले माधव नेपालको कडा आलोचना गर्दै निरन्तर खि इदै गएको टिप्पणी गरे । माधव नेपाललाई छाडेर धमाधम एमालेमा फर्किइर हेको ओलीको भनाई थियो । यो पनि पढ्नुहो स्:सर्वाधिक विवादित नागरिकता विधेयक अब के होला ? भन्ने आम चासो बढेको छ ।

सबैको ध्यान शीतलनिवासतर्फ मोडिएको छ ।राष्ट्रपति भण्डारीलाई अब चाहि अप्ठ्यारो पर्ने संकेत देखिन थालेका छन् । विधेयक प्रमाणिक रण गर्नुबाहेकको विकल्प नभएको बताउन थालिएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदबाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन्।

पूर्वराष्ट्रपति डा यादवले भने, ‘संविधानको अधि कार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वी कार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ।यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु।’

नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदन बाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि अहिले राष्ट्रपतिसमक्ष पुगेको छ।प्रतिनि धिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई

प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्या लयबाट अध्ययन, छलफल, विमर्श र विश्लेष णसहित पुनःविचार गरियोस् भनी सदन मा फिर्ता पठाइएको थियो।सन्देशमा ‘संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता गरिएको हुनाले कानुनको तत्काल आवश्यक रहेको बारेमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन’

भन्ने लगायतका विषयवस्तु उल्लेख छ।सन्देश सहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वाभाविक रूपमा लिई प्रतिनिधिस भा,राष्ट्रियसभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनःपारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको हो।

संविधान संरक्षकका हैसियतले राष्ट्रपतिले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय परामर्श लिएका थिए।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादव भन्छन्, ‘राष्ट्रपति, सरकार, संसद र राजनीतिक दल संविधानले दिएको अधिकार र परिधिभन्दा बाहिर नजाऔं, संविधानलाई सहज रूपमा सुचारु हुने काम गरौं।’

नेपाली जनताको ठूलो संघर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त संविधानको कार्या न्वनलाई सहज रूपमा सुचारु बनाएर खदिलो तुल्याउँदै लैजानुपर्छ भन्दै उनले कुनै विषयमा अलमल भएमा विषयविज्ञ,संविधान र कानुनविदसँग गरिएको परामर्शका आधारमा अघि बढ्न सकिने आफ्नो अनुभव सुनाए।

पूर्वराष्ट्रपति डा यादवले भने, ‘राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्राप्त संविधानसम्मत अधिकार र परिधि उल्लंघन गर्न हुन्न।