
३१ भदौ, काठमाडौं । फुटपाथ व्यवस्थित गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बाले न)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।
उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’
नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।
त्यस सम्बन्धी अनलाइनखबरको समाचार बाबु रामले सेयर गरेका छन् । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।
यो पनि,,बालेनले बिहानै ६ तले घरमा डोजर चलाए, तीनकुनेमा सडक कब्जा गरेको देखेपछि गेटनै उडाइदिए, १ मिनेटमै यस्तो बनाइदिए (हेर
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली आइतबार डोजरसहित कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटले बनाएको अवैध संरचना भत्काउन पुग्यो ।
सुपरमार्केटले पनि नक्सापासविपरीत अन्डरग्रा उन्ड पार्किङ क्षेत्रमा अवैध व्यापार सञ्चालन गरेको पाएपछि नगरप्रहरीले आफैँ हटाउन सुरु गर्याे ।
तर, सुपरमार्केट सञ्चालकले उक्त व्यापार हटाउन समय दिन आग्रह गरेपछि नगरप्रहरीले २४ घण्टे अल्टिमेटम दियाे ।
नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुपरमार्केटले आधा अन्डरग्राउन्डमा व्यापार र बाँकी ठाउँमा पार्किङ गरिरहेको पाइएको छ ।