मेयर बालेन शाह माओवादी निकट अखिल(क्रान्तिकारी)को नेता भएको खुलासा: दलहरु नै अचम्मित

र्‍यापर तथा एवं इन्जिनियर शाहको पृष्ठभुमि राजनैतिक भएको खुलेको छ ।
मेयर शाह इन्जिनियर अध्ययनका सिलसिलामा माओवादी केन्फ्र सम्बद्ध विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)मा कार्यरत रहेको खुलेको हो ।

बालेन २०६६ सालमा अखिल क्रान्तिकारी पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत ह्वाइटहाउस इन्जिनियर क्याम्पस इकाइका सदस्य थिए ।

केही बर्ष (क्रान्तिकारी)मा सक्रिय भएका शाह इन्जिनियर अध्ययन पूरा गरेपछि भने राजनीति भन्दा सामाजिक गतिविधिमा केन्द्रित हुन थालेका थिए ।

उनका प्रतिस्पर्धी केशव स्थापित र शृजना सिंह थिए । उनिहरुमा स्थापितले बालेनलाई पछ्याई रहेका थिए भने शृजनाले पनि पछ्याइ रहेकी थिइन ।
राजनैतिक रुपमा शाहले कुनै प्रतिक्रिया नदिए पनि आ-आफ्नो तरिकाले उनको बारेमा चर्चा चल्ने गरेको छ ।
नेकपा एमालेका सचिवले त बालेन कांग्रेसमा प्रवेश गर्छन भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।

चर्चाको शिखरमा पुगेका बालेनले अवैधानिक संरचना भत्काउने अभियान निरन्तरता दिइरहेका छन ।
राजनैतिक दलहरु मध्ये नेकपा एमालेले बालेनको काममा अवरोध गर्ने अभियान चलाए पनि ठूलो जनसंख्या बालेनको पक्षमा भएकोले उनको अभियानमा कुनै बाधा पुगेको छैन ।