
गायिका शान्तीश्री परियार र गायक ऋषि खड्का को स्वरमा रहेको “आयो दशैं ए परदेशी” बोलको दसैं गीत यतिबेला चर्चामा छ । गीत बजारमा आ एको छोटो समयमा नै गीतलाइ
युट्युवमा दशलाख भन्दा बढिपटक हेरिएको छ। सुनिल लामिछानेको शब्द र ऋषि खड्काको लय सृजनामा तयार पारिएको उक्त गीतलाई बजार व्य वस्थापन ” गोरखा चौतारी म्युजिक”ले गरेको छ ।
परदेश र घरदेशको कथा समेटिएको उक्त गीतले नेपाली युवाको कथा बोकेको छ । गीतका हरेक शब्दले परदेशीको कथालाई समेटेको देखिन्छ ।
गीतको भिडियोमा एउटा युवा बिहे गरेको केही समयमै आफूले माया गरेको श्रीमती घरपरिवार लाई चटक्कै छोडेर मुटु गाँठो पारेर परदेश पस्न बाध्य हुनुको पीडालाई दर्शाइएको छ ।
भिडियोमा सुनिल लामिछाने र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन भने देवेन्द्र
पाण्डेले निर्देशन, हरी हुमागाईंले छायांकन र प्रवीण भट्टले सम्पादन गरेका छन ।पुरा भिडियो हेर्नुहोस्।