चितवनबाट लखेटिए प्रचण्ड, हार पक्का भएपछि अन्तै बसाई सरे ! कहाँ ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पु ष्पकमल दाहाल प्रचण्ड गोरखा- २ बाट प्रतिनिधि सभा चुनाव लड्ने विषयमा छलफल थालिएको छ। गोरखा–२ बाट चुनाव जित्दै आएका नेपाल समाज वादी पार्टीका अध्यक्ष डा

बाबुराम भट्टराईले प्रचण्डका लागि गोरखा २ छाड्ने संकेत गरिसकेका छन्।निकटस्थहरुसँग आफू कुनै पनि क्षेत्रबाट प्रत्यक्ष चुनाव नलड्ने डा भट्टराईले बताएका हुन्। २०७४ सालको चुना वमा गोरखा–२ मा तत्कालीन वाम गठबन्धनको

साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रको उ म्मेदवार बनेका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन्।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा-२ अन्तर्गत पर्ने वडाहरुमा अध्य क्षका उम्मेदवारहरुले पाएको मत एकीकृत गर्दा मा ओवादी बलियो देखिन्छ।

त्यहाँ माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ७ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।चितवन-३ बाट यसअघि प्रतिनिधि सभामा

पुगेका प्रचण्डले आफ्ना लागि गोरखा–२ सुरक्षित हुने विषयमा निकटस्थहरुसँग छलफल सुरु गरेका हुन्। उनी निकटस्थहरुले गरेको सर्वेक्षणले समेत प्रचण्डका लागि चितवन–३

सुरक्षित नरहेको संकेत गरेको बुझिएको छ।चित वन-३ मा जित्न समस्या नभएपनि मेहनत बढी गर्नुपर्ने भएकाले अन्य् क्षेत्रमा पनि विकल्प का रुपमा छलफलमा आएको प्रचण्डनिकट एक नेता बताउँछन्।

उनी भन्छन्, �‘नेतृत्व त अरुलाई जिताउन पनि सक्रिय हुनुपर्छ। आफ्नै लागि धेरै अल्झिने भन्दा सुरक्षित ठाउँमै रहेर चुनावमा होमिनु राम्रो हुन्छ भन्ने सल्लाह अध्यक्ष कमरेडहरुलाई दिइएको छ।’

यसैगरी नेपाली कांग्रेसबाट चितवन- १ का लागि उम्मेदवार सिफारिस भएका स्वर्णिम वाग्ले का ठमा डौं- ५ बाट चुनाव लड्ने सम्भावना बढेको छ। वाग्लेनिकट स्रोतका अनुसार काठमाडौं – ५ का लागि कांग्रेसभित्र त्यति धेरै आकांक्षी देखिएका छैनन्।

त्यसकारण गोरखाको कुनै एक क्षेत्र वा चितवन-१ बाट उम्मेदवार बन्न लबिङ गरिरहेका वाग्लेले काठ माडौं- ५ पाउने सम्भावना बलियो बनेको हो।काठ माडौं- ५ मा कांग्रेसका तर्फबाट यसअघि प्रतिष्पर्धी बनेका प्रकाशशरण महत यसपल्ट समानुपातिकमा बसेका छन्।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि देखिएपछि कांग्रेस प्रवक्ता महतले दोहोर्‍याएर त्यही क्षेत्रमा चुनाव लड्ने हि म्मत जुटाउन नसकेका हुन्।

काठमाडौं–५ मा एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओ वादी केन्द्रको १ हजार १६८, एकीकृत समाज वादीको १ हजार ८२७ मत छ।

राप्रपाको मत माओवादी केन्द्र र एकीकृत समाजवादीभन्दा बढी अर्थात् २ हजार ६२२ छ।