सिट बाँडफाँडको सकसमा गठबन्धन, काग्रेंस एक्लैले खोज्यो ६० प्रतिशत सिट अब के होला?

सिट बाँडफाँडको सकसमा गठबन्धन, काग्रेंस एक्लैले खोज्यो ६० प्रतिशत सिटल

 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काग्रेंस एक्लैले ६० प्रतिशत सिट चाहिने दाबी गरेको छ ।

 

सिटबाँडफाँड पेचिलो भन्ने भएसँगै आज बालुबाटारमा बसेको सत्ता गठबन्धनले यस्का लागि कार्यदल बनाउने निर्णय गरेको छ ।

 

तर माओवादी लगायत अन्य दलले काँग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरूले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् ।

 

काँग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरूले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरूको पनि सहमति रहेको बताइन्छ ।

काग्रेंस ६०–४० नछोड्ने र अरु दल ५०–५० घटी मान्ने अवस्था आए गठबन्धन कुनैपनि दिन भत्कन सक्छ ।