एक्कासी चिट्ठा परेर रातारात दुबईमा करोडपति बनेका भरतले ३५ करोड रुपैयाँ नेपाल ल्याउँदा कति कर तिर्नुपर्छ ?

दुबईमा ३५ करोडको चिठ्ठा जितेका नेपाली युवा भरत विकले उक्त रकम नेपाल ल्याउने तयारीमा छन् । ति युवा गुल्मीका हुन् ।विश्वकर्माले दुबई मा ३५ करोड रुपैयाँको चिठ्ठा जितेपछि नेपाल आउने तयारीमा छन् ।

यताका राजश्वका कर्मचारीहरु चाहीँ उनले जितेको रकममध्ये कति रकम कसरी ल्याउँछन् भन्ने कौतु हलतमा छन् । खालिज टाइम्सका अनुसार भरतले जितेको रकम उनको हातमा भने अहिलेसम्म परे को छैन ।

महजुज चिठ्ठा सञ्चालन गर्ने कम्पनी इविङ्सका सीइओ फरिद सम्जीका अनु्सार उनको खाता ने पाल र दुबइको एक बैँकमा खोल्ने भन्ने विषय मा तय भइनसकेको बताइएको छ ।

उनले उक्त रकम नेपाल भित्र्याएर पुन काममा फर्कि ने योजनामा छन् ।उनले यो रकमबाट आफ्नो बिरा मी भाइको उपचार गर्ने योजना बनाएका छन् । जो ब्रेन ट्यूमर र प्यारालाइसीस भएर नयाँ दिल्लीमा उपचाररत छन् ।

यसैगरि, आफ्ना दुई छोराछोरीको भविष्यका लागि खर्च गर्ने छँदैछ ।तर उनले सबै रकम नेपाल ल्याउँ छन् वा थोरै यता ल्याएर बाँकी उतै राख्छन् भन्ने प्रश्न छ ।

२७ सेप्टेम्बरमा नेपाल फर्किने उनको योजना थियो । नेपाल फर्किनअघि अन्तिम पटक प्रयास गर्छु भने र चिठ्ठा किनेको भरतको भनाइ छ ।यही निर्णयले उनको भाग्य परिवर्तन गरिदियो ।

उक्त रकम नेपाल ल्याउँदा स्रोत खुलाउँदा आक स्मिक लाभ भन्नुपर्ने भएकाले उनीबाट २५ प्रतिशत आकस्मिक लाभ कर लाग्छ । तर उनले थोरै पैसा नेपालमा ल्याएर अरु उतै राख्न सक्ने छन् ।

यो उपायका लागि उनले कर तिर्नुपर्दैन । पछि उतै फर्किने योजना भएकाले पनि यस्तो सम्भा वना छ । उनले जोखिम मोलेर हुण्डीमार्फत उक्त रकम नेपाल पैसा पठाउन सक्ने आशंका राज श्वका कर्मचारीहरु ले गरेका छन् ।