कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

काठमाडौं। युट्युब, टिकटक र फेसबुकमा भिडि ओहरू हेर्नुहुन्छ भने ‘भेल्लुबाजे’लाई चिन्नुभएकै होला। सामाजिक सञ्जालमा धेरै हेरिनेमध्ये एक पात्र हुन् प्युठान जुम्रिकाडाँ घर भएका ६२ वर्षीय मीनबहादुर बुढा, अर्थात् भेल्लुबाजे।स्थानीय लवज र हक्की स्वभावमा ख्यालठट्टा गर्ने ‘भेल्लुबाजे’को बोल्ने शैलीलाई कतिपय सामाजिक सञ्जाल प्रयो गकर्ताले रुचाउँछन्।

दर्शकले मन पराएर लाखौँ भ्युज आउन थाले पछि उनको घरमा युट्युबरको ओइरो लाग्दैआए काे छ। केही महिनायता भेल्लुबाजेको व्यस्तता कुनै स्टार कलाकारकाेभन्दा कम छैन।देशभरका युट्युबर भे ल्लुबाजेको भिडिओ अन्तर्वार्ता लिन घरमै पुगेनन् भेल्लुबाजेलाई नै काठमाडौंमै ल्याए।

केही हाँस्य टेलिफिल्म पनि खेलाए। सार्वजनिक कार्यक्रममा भाइरल कलाकार भन्दै लैजान थाले। सरसफाइ कार्यक्रमदेखि साङ्गीतिक कार्यक्रमसम्म उनलाई दौडाइन थालियो।ग्रामीण क्षेत्रमा जन्मिए को होला औपचारिक शिक्षा खासै लिन नपाएका उनी सामाजिक आर्थिक, राजनी तिक विषयमा जानकार छैनन्।

सञ्चार माध्यममा समाचार तथा जानकारीमू लक कार्यक्रम हेर्न खासै चासो नराख्ने उनका अहिले सम्मका अन्तरवार्ता हेर्दा प्राय: विषयमा अनभिज्ञ नै छन्।तर, रोचक कुरा त के भने, युट्युबरहरू उन लाई यस्ता प्रश्न सोध्छन्, मानौँ देशको प्रखर राज नीतिक विश्लेषक, इतिहा सविद्, सबै थोक उनै भेल्लुबाजे हुन्।

देशमा अहिले दलहरू मिल्न सकेका छैनन्। अब देश कता जान्छ ? देशमा के हुन्छ तपाईं के भन्नु हुन्छ?’यस्ता प्रश्नको जवाफ भेल्लुबाजेले आफ्नै चलनचल्तीकै स्टाइलमा दिन्छन् ‘‘हट्टेरी का माटो क्नी यी चोरहरू मिल्डै मिल्डैनन् भनेर हामीलाई जानकारीमा छ के।

अब त्यसो नगर्न भनेर हाम्ले अनुरोट गरिसक्या छम्।’’आफूलाई पत्रकार नै दाबी गर्ने युट्युब रहरू सामाजिक, आर्थिक स्थिति, देशको भविष्य सोध्न भाइरलम्यान भेल्लुबाजेसम्म पुग्छन्।योभन्दा ठट्टा के हुन सक्छ ? वाक्यको बीच-बीचमा अपशब्द बोल्ने त भेल्लुबाजेको थेगोजस्तै हो।

तरपनि युट्युबरका यस्तै हावादारी प्रश्न र भेल्लु बाजेको जवाफ दिने उनकै स्थानीय लवजले केही दर्शकलाई तानेकै छ।मिडिया भन्दै युट्युब चलाउ नेहरूले आफ्नो भ्यूज बढाउनकै लागि कतिसम्म अरूलाई दुरूपयोग गर्न सक्छन् भन्ने भेल्लुबाजे उदाहरण हुन् ।

उनीसँग अन्तरवार्ता लिन युट्युबबर रक्सी लिएर पुग्छन्। किनकि, भेल्लुबाजे बिहानैदेखि ठर्रामा फिटान भएर बसेका हुन्छन्। त्यसपछि उनी अन्तर वार्ता दिन तयार मात्र हुँदैनन्, जे जस्तो बोल्न लगा यो उस्तै बोलिदिन्छन्। आफूले भनेजस्तै बोलिदिए पछि युटुयुबरलाई डलर झर्ने नै भयो।

रक्सीले मातेपछि भेल्लुबाजेले बोलेका शब्द सुनिसाध्य हुँदैन।कहिले निजी जीवनका बारेमा त कहिले श्रीमतीका बारेमा प्रश्नहरू सोधिन्छन्। भेल्लुबाजेले जो बोल्दा पनि भाइरल हुन्छ भन्ने अनुभव गरेका युटुयुबरले उनको कमजोर चेत नाको लाभ लुट्नसम्म लुटिरहेका छन्।

उनको भिडिओ भाइरल हुन थालेको आठ दश महिना भयो। तर उनले आफ्नो दुरुपयोग भएको भन्ने चेत पाउन सकेका छैनन्।अझ ठट्टा त कस्तो सम्म भइरहेको छ भने सञ्जालमा छाएका भेल्लु बाजेलाई मेला महोत्सवमा ‘राष्ट्रिय कला कार’ भन्दै बोलाइन थालिएको छ।

युट्युबरहरूले त जानेनन् नै तीनै भेल्लुबाजेलाई ‘हास्य कलाकार, सामाजिक अभियन्ता तथा वि श्लेषक’को उपाधि दिँदै सांस्कृतिक कार्यक्रम आयो जकले समेत डाकिरहेका छन्।भेल्लुबाजेले अहिले सम्म चार-पाँचवटा सांस्कृतिक कार्यक्र ममा स्टेज चढ्ने मौका पाइसकेका छन्।

नत उनी बोल्न जान्दछन् त केही गाउन जान्द छन्। उनको गृह जिल्लाकै एक कार्यक्रममा जाँदा भेल्लु बाजे रक्सीले मातेर बेहोसीमा स्टेज मै ढलेको भिडि ओ सञ्जालमा भाइरल छ।

भेल्लुबाजेले अहिलेसम्म चार-पाँचवटा सांस्कृ तिक कार्यक्रममा स्टेज चढ्ने मौका पाइसकेका छन्। नत उनी बोल्न जान्दछन् त केही गाउन जान्दछन्। उन को गृह जिल्लाकै एक कार्यक्रममा जाँदा भेल्लुबाजे रक्सीले मातेर बेहोसीमा स्टेजमै ढलेको भिडिओ सञ्जालमा भाइरल छ।

रक्सी नखाई धेरै जनाको भीडमा बोल्न नसक्ने उनलाई आयोजकले रक्सी खुवाएर तथानाम बोल्न लागाइरहेका छन्। अझ रमाइलो त केही दिनअघि पशुपति मन्दिर परिसर अगाडिको सरसफाइ कार्य क्रममा उनलाई प्रमुख अतिथि नै बनाइएको थियो।कलाकारले हाम्रा मौलिकता र संस्कृतिलाई बचाउन मद्दत गरेका हुन्छन्।तर, मेला महोत्सवमा कलाको नाममा ‘भाइरलम्यान’ बोलाएर कला शब्दकै हुर्मत लिन थालिएको छ।

यसैगरी, सल्यानमा अहिले भइरहेको दशैं महोत्सव का आयोजकले लाजै त्यागेको देखियो। ‘ढोरचौर दशैँ विशेष सांगीतिक कार्यक्रम’मा उनलाई प्रमुख कलाकार भन्दै निम्त्याइएको छ।कलाभन्दा स्टेजमा भेल्लुबाजे रक्सीले मातिएर वाक्यविच्छै अपशब्द बोल्छन्। यसअघि युट्युब, फेसबुक र टिकटमा सुन्दै आएका उनको अपशब्द,

गालीगलौज अब सार्वजनिक रूपमै सुन्नुपर्ने भयो त्यो पनि चर्चित कलाकारको परिचयबाट।घर परिवारसँगै बसेर सामाजिक सञ्जाल चलाएको समयमा मोबाइलको स्क्रिन स्क्रोल गर्दैजाँदा भेल्लुबाजेको भिडिओ आयो भने लाजले मुख छोप्नुको विकल्प छैन।

महोत्सव आयोजकले भने तीनै भेल्लुबाजेलाई कार्यक्रममा सगर्व बोलाएका मात्र छैनन्, उनको पोस्टर लोकप्रिय कलाकारको भन्दा ठूलो राखेर प्रचार गरिरहेका छन्।आयोजकहरूले कलाकार भन्दै ‘भाइरलम्यान’लाई स्थान दिएपछि आफ्नो सम्पूर्ण जीवन सङ्गीत र साधनामा बिताएर जन जनको मनमा बसेका लोकप्रिय कलाकारकै अप मान भएको छ।

सबैभन्दा अचम्मलाग्दो कुरा त कार्यक्रमको पोस्टर मा साढे २ दशकभन्दा बढी समय गायन क्षेत्रमा क्रियाशील र लोकप्रिय कलाकार बद्री पंग्रेनीको भन्दा ठूलो फोटो भेल्लुबाजेको राखिएको छ।भेल्लुबाजेलाई नेपालकै चर्चित कलाकार ठान्ने सल्यानी आयोजकले भने पछिल्लो समय लोकगीत क्षेत्रका चर्चित गायक भागीरथ चलाउनेलाई चिन्न सकेको छैन। प्राय: सांस्कृतिक कार्यक्रममा जिल्ला का कलाकारलाई प्राथमिकता दिइन्छ।

किनकि, स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने मञ्च त्यही कार्यक्रम हो।त्यति मात्र नभई देशभर लोकप्रिय कलाकार जिल्ल