
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सोमबार चितवन स्थित शि वनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गर्नुभयो । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखे पनि यो घर भित्र बाटै एक तले नै भएपनि निकै भव्य छ ।
यो हो –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा हाल प्रचण्डको घर । भरतपुर महानगरपालि का वडा नम्बर १४ मा रहेको यो घर छिमेकीका अनु सार १ करोड रूपैयाँमा बनेको हो ।
बाहिरबाट हेर्दा यो घर सामान्य देखिन्छ, तर भित्र निक्कै सुविधा सम्पन्न छ ।यहाँ हेर्नुहोस्– ठूलो पर्खाल । भित्र छिर्ने बित्तिकै दायाँपट्टी सुरक्षाकर्मी र अन्य सहयोगी बस्न मिल्ने कोठा निकालेर टिनको छाना हालेर अस्थायी संरचना बनाइएको छ ।
१० कठ्ठा जग्गामा बनेको यो घरका सबै कोठामा फर्निसिङ गरिएको छ । घरमा परिवार र पाहुना बस्ने छुट्टै घर बनाइएको छ ।घरको मुल ढोका बाट भित्र प्रवेश गर्ने वित्तिकै फलसिलिङ हालि एको सान्दार बैठक कक्ष छ ।
बैठक कक्षमा लचकदार सोफा, एसी र फ्यान जडान गरिएको छ भने सबै कोठामा एसी छन् । भुइँमा चिल्ला मार्बल प्रयोग गरिएको छ । सयन कक्ष र शय्या पनि उत्तिकै भव्य छ ।घरको ५० फिट लम्बाइ ३५ फिट चौडाइ छ ।
घर निर्माणको जिम्मा लिएका शिवनगरका बेग बहादुर गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाउनुभएको थियो ।
सबै जमिनलाई घेरिएको पर्खाल भने ज्याला दारी कामदार लगाएर निर्माण गरिएको थियो ।धेरैले प्र चण्ड चितवनमा नै घर सर्नुभएको भने पनि प्रचण्ड यही घरमा भने धेरै समय बस्नुहुन्न ।
काठमाडौँ केन्द्रित भएर राजनीति गर्दै आउनुभएका प्रचण्डको यो घरलाई लिएर अनेक टिकाटिप्पणी भ इरहेको छ ।
तर, अहिले भने प्रचण्डको हतारमा गृहप्रवेशलाई चुनावमा मतदाता आकर्षित गर्ने मेलोका रूपमा चित्रण गरिएको छ ।
भिडियो हेर्नुस्