
नेकपा एमाले अध्यक्ष केपि ओलि जनकपुर पार्टी प्रबेश र रेल उद्घाटन कार्यक्रम गएको समयमा जसपा कार्यकर्ता ले बिर्ध प्रदर्सन गर्दै कालो झण्डा देखाएका छन// भिडियो समाचार को अन्त्यमा राखिएको छ।।
यो पनि,,ओलीजत्तिकाे नेता अर्काे काेही भेट्टा इनँ, एमाले प्रवेश गर्न पाउँदा खुसी छु : पूर्व आईजीपी खनालका ठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्ष क(आ ईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गर्नुभएको हो ।
एमाले प्रवेश गर्दै पूर्व आईजीपी खनालले अध्यक्ष ओ लीजत्तिको नेपालमा अर्को कुनै नेता नभएको जिकिर गर्नुभयाे । उहाँले प्रहरीकाे जागिर खाँदादेखि आईजीपी हुँदासम्म ओली सरहको नेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालायित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पा इनँ । मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ ।
म उहाँका कुराबाट लालायित हुन्थेँ । अध्यक्ष कमरेडकाे राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ । नियम र विधिसम्मत काम गर्दा निर्धक्क को वातावरण बनाउने नेता सायद मैले अर्को भेटिनँ ।
एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु । नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु ।’
खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताउनुभयो । खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गर्नुभयो ।
पूर्व आईजीपी खनालले एमालेको इमानदार सिपाहीको रूपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताउनुभयो ।
उहाँले आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपाली बनाउने सबैभन्दा उत्तम पार्टी एमाले भएको बताउनुभयो ।
उहाँले नेपालको शिर सधैँ उच्च राख्ने काममा एमाले पार्टीमा रहेर अग्रपङ्क्तिमा रहने प्रतिबद्धता जनाउनुभयो ।
उक्त भिडियो सामाग्री हेर्नुस-