
कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिकामा आमा र छोरा सँगै स्कूल जाने एउटा अचम्मको कुरा बाहिर आएको छ। आमा पार्वती सुनार र छोरा रेशम सुनार एउटै स्कूल गएर पढ्ने गर्द छन्।
पार्वती सुनारको उमेर २७ बर्ष रहेको छ भने छोराको उमेर भने ११ वर्षको रहेको छ। आमा पार्वती सुनारले सानै उमेर देखि पढाई गरे पनि उनले घरायसी समस्याका कारणले गर्दा उनले बीचमा नै पढाई छोड्नु परेको थियो ।
उनले करिब ११ बर्ष पछाडी पुनः आफ्नु पढाई सुरु गर्दा उनले आफ्नै छोरा सँग पढ्नु पर्ने अव स्थाको श्रृजना भएको थियो। तर यो वाध्यता सँगै आफु खुसी पनि भएको पार्वती सुनारले भन्ने गरेकी छिन्।
पार्वती सुनार यतिबेला बिबाह गरिसकेका धेरै महिला हरुको लागि प्रेरणाको श्रोत बनेकी छिन्।पार्वती सुनार सात कक्षामा पढ्ने गरेकी छिन् र
उनकाे आफ्नै छोरा रेशम सुनार भने आमा भन्दा एक कक्षा कम यानिकी ६ कक्षामा पढ्ने गरेका रहेछन्। उनीहरू कञ्चनपुरमा रहेको श्री जीवन ज्योती माध्यमिक विद्यालयमा पढ्ने गरेका रहे छन्।
पार्वतीले ८ कक्षामा पढ्दा पढ्दै घरायसी समस्या साथै बिबाह गर्नु पर्ने अवस्थाले गर्दा स्कूल छोड्नु वाध्यता भएको बताएकी छिन्।
उनले ६ वर्षको उमेरमा नै आफ्नु पढाइ सुरु गरेकी रहेछिन्।’ बीचमा बिबाह भए पछि अलि कति लाज पनि लाग्ने भएको कारणले गर्दा मैले स्कूल जान सकिन।
अनि त्यसपछि घरको समस्याका कारणले गर्दा मैले भारत जानु पर्यो तर पछि म जसरी भए पनि पढ्छु भन्ने इच्छा चाई थियो।
’भिडियो हेर्नुस्