
साउदी अरेबियाले सन् २०२९ को नवौँ शीतका,,लीन एसियन खेलकुद आयोजना गर्ने भएको छ । खाडी राष्ट्र साउदी अरेबियाले अर्बाैँ डलर खर्चिएर कृत्रिम हिमाल र पोखरी तथा नदी
बनाएरै भए पनि शीतकालीन एसियन खेलकुद आयोजना गर्ने घोषणा गरेको रोयटर्सले जना एको छ ।शीतकालीन खेलकुद आयोजनाको प्रतिस्पर्धा जित्न साउदी अरेबियाले पाँच सय
बिलियन डलर खर्चको प्रतिबद्धता जनाएको खबरमा उल्लेख छ । पर्यटकीय क्षेत्र ट्रोजेना परियोजनामा साउदी अरेबियाले सन् २०२६ सम्म पूर्वाधार तयार गरिसक्ने लक्ष्य लिएको छ ।
ट्रोजेना परियोजनामा आउटडोर स्किइङ, आइस हक्कीका लागि कृत्रिम हिउँ पारिने मैदान, मानव निर्मित ताजा पानी को ताल र नदीहरू पनि बन्नेछन् ।
साउदीका राजकुमार तथा खेलकुदमन्त्री अब्दुल अजीज बीन टर्की अल फैसलले खेल क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउने अवसर
स्वरूप २०२९ को शीतकालीन एसियन कप आयोजना गर्न पाउनु गर्वको कुरा भएको बताउनुभएको छ ।
शीतकालीन एसियन कप आयोजना गर्ने साउदी अरेबिया खाडी देश मात्र नभइ पश्चिम एसियाकै पहिलो देश बनेको छ ।