
काठमाडौं ।आज बडादशैं अर्थात् विजया दशमीको मुख्य दिन मान्यजनबाट दुर्गा भवा नीको प्रसादस्व रुप टीका तथा जमरा लगाई हर्षोल्लासका साथ म नाइँदै छ।विजयादशमीका
दिन आज बिहान १० बजेर ३४ बजे देवी विस र्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णा यक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।
विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि शुभ समयको साइत ११ बजेर ५१मिनेट रहेको उनले बताए।
समितिले दिएको साइतको समय प्रभावशाली भ एकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ।
नसक्नेका लागि विजयादशमीको दिन बिहान देखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन।
विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।लगाइदिने मानिस पश्चिम फर्कंदा मक र राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन्।
चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगा उनुपर्ने शास्त्रीय मान्यता छ।दैत्यका गुरु शुक्रा चार्य भएका ले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ ।
शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । त्यसैले चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।
विजयादशमीका दिन बिहान नवदुर्गाको पूजा आराधना गरी जया, विजया, अजिता र अपरा जिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ।
मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिन्छ।घटस्थापनाका दिन राखिएको जमरा आज नव दुर्गाको प्रसादका रूपमा लगाइन्छ।
घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगा उने वैदिक सनातनी परम्परा छ। केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।