यी ८ नेपाली नायिकाः जो कान्छी श्रीमती बनेर भित्रिए !

शास्त्रका अनुसार बिहे गरेर बाँधिएकाे जाेडि क हिल्यै छुट्न हुदैन भनिन्छ, तर दोस्रो विवाह गर्नु अहिलेकाे समयमा सामान्य बन्दै गएको छ ।धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टि सकेका श्रीमान् रोजेका छन् भने कोही

श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिए का छन् ।सेलीब्रेटि भनेपछि साधारण मानिस अाद र्शका रूपमा लिदै चासो का साथ हेर्ने गर्छन् । तसर्थ कुन कुन नायिका कान्छि श्रीमती बने त चर्चा गर्दैछाैँ ।

-संचिता लुइँटेलःअभिनेत्री संचिता लुइँटेल र अभि नेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए ।-

सुस्मिता केसी:अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले प हिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन ।

-मिथिला शर्माःमिथिला शर्मा कुशल नेपाली चर्चित अभिनेत्री हुन् । सहज र जीवन्त अभिनय गर्ने मिथि ला शर्माले पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहरा सँग विवाह गरेकी थिइन् । बोहोराकी मिथिला दोस्रो श्रीमती हुन् । नेपाल पुलिस क्लबमा नृत्य प्रस्तुत ग र्दागर्दै मिथिला र मोतीलालले एक अर्कालाई मन प राउन थालेका थिए । मिथिलाले ५० वर्ष कटेपछि सन् २०१४ मा ७४ वर्षीय मोतीलालसँग विवाह ग रेकी हुन् ।

-रेखा थापाःसर्वाधिक चर्चित नायिका हुन् रेखा थापा । उनी किशोरावस्थामा नै निर्माता निर्देशक छविराज ओझाकी तेस्री श्रीमती भएर भित्रिएकी थिइन् । करिब एक दशक श्रीमान् श्रीमतीको रुपमा रहेको यो जोडीको सन् २०१२ मा सम्बन्धविच्छेद गरिसकेको छ । भने केहि समय पहिला रेखाले दोस्रो बिहे गरिसकेकी छन् ।

-सिम्पल खनालःअभिनेत्री सिम्पल खनाल पछिल्लो समयमा दोस्री श्रीमती भएर विवाह गर्ने नेपाली अभिनेत्रीको सूचीमा परेकी छिन् । पहिलो बिवाह अफल भएपछि उनले बेलायत बसोबास गर्ने एक पाकिस्तानी नागरिकसँग विवाह गरेकी थिइन् । सिम्पल र उनको श्रीमानको यो दोस्रो विवाह हो ।

पूजा चन्दःअभिनेत्री पूजा चन्दको पहिलो विवाह सफल हुन सकेन । उनी अमेरिकामा बस्दै गर्दा एन्जल्स ब्यान्डका गायक राजु लामासँग प्रेम स  म्बन्धमा परिन् र उतै विवाह पनि गरिन् । राजु लामा र पूजा चन्दका पहिलो विवाहबाट हुर्किसकेका सन्तानहरु छन् । पूजा चन्दले आफ्नो फेसबुकमा आफ्नो नाम पूजा आर. लामा भनेर राखेकी छिन् ।

-सौजन्य सुब्बाःअभिनेत्री सौजन्य सुब्बाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ–आफ्नो डिभोर्स गरि सकेका थिए ।

-शर्मिला मल्लः
अभिनेत्री शर्मिला मल्ल श्रीमानकाे चौथी श्रीमती हुन् । अभिनेता कृष्ण मल्लले शर्मिलाभन्दा अघि तीनजना महिलासँग विवाह गरिसकेको भएपनि त्यसपछि शर्मिलासँग नै जीवन बिताए । अहिले उनीहरुको दाम्पत्य जीवन ३० औं वर्षको चलिरहेको छ ।

शर्मिलाका अनुसार कृष्णले तीनजना महिलासँग विवाह गरेको कुरा उनीहरुको छोरा जन्मिसकेपछि मात्र भनेको शर्मिला बताउछिन् ।