चालक भन्छन्- कम क्षति गराउन सडक छेउँमै बस पल्टाउन खोजे तर सकिनँ

सिमरा : बाराको जीतपुर-सिमरा उपमहान गरपालि का-२२ स्थित तीन नम्बर पुलको मोडमा बस बिही बार बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भए को छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।नारा यणघाटबाट वीरगन्जतर्फ आउदै गरेको बाप्र–०६–००१ख ०११० यात्रु बस पथलैया–हेटौंडा सडक खण्डअन्तगर्त पर्ने तीन नम्बर पुलको घुमाउरो बाटो बाट तल खसेको थियो।

४० जनाभन्दा बढी यात्रु बोकेको बस सडकबाट तल खस्दा क्षतविक्षत बनेको थियो।दुर्घटनामा परी मृत्यु भएका १० पुरुष र ६ महिलामध्ये १४ जनाको सनाखत भएको छ। प्रहरीका अनुसार जीतपुर-सिमरा २२ का २८ वर्षीय सुरेश विक, कलैया उपम हानगरपालिका-२ का ४१ वर्षीय लिलाराज चौधरी, कलैया-१० की ३६ वर्षीया नाजलिन खातुन, सोही ठाँउका २६ वर्षीय

इताजत अंसारी, चितवन खैरहनी नगरपालि का-५ बुडौलीका ६३ वर्षीया नन्दकुमारी पुडा सैनी, सोही ठाँउका ३५ वर्षीय मनोरथ पुडासैनी, चितवन कालि का नगरपालिकाका-१५ वर्षीय सफल कंडेल,

वीरगन्ज महानगरपालिका-१६ का ६५ वर्षीय सोम प्रसाद चौरसिया, सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगर पालि का-७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया स्वस्तिका श्रेष्ठ

ओखलढुंगाका लालबहादुर बोगटी, गोर्खाका ३५ वर्षीय अम्बिका कंडेल, जनकपुर उपमहा नगरपा लिका-५ का ५० वर्षीय सन्तोषकुमार राय छन्।मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

दुर्घ,टनमा घाइते भएकाहरूको हेटौंडास्थित चुरेहिल अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडि कल कलेज, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार चुरेहिल अस्पताल हेटौंडामा बस चालक स्याङजा आदिखोला ६ का दिप्तीनारायण ढकाल, वीरगन्ज-१४ का अनवर अंसारी, जीतपुर-सिमरा २१ का आएन बम्जन, कलैया-१४ घर भई हालः हेटौंडा बस्ने ५ वर्षीय अनस आलम, भरतपुर

उपमहानगरपालिका-१२ का १६ वर्षीया रीतिका चौधरी, उनकी बहिनी १२ वर्षीया प्रिती चौधरी, पर्सा पकाहामैनपुर गाँउपालिका-४ का २० वर्षीय सन्देश यादव उपचाररत छन्।त्यसैगरी

चितवन मेडिकल कलेजमा नाम नखुलेको एक महिलासहित वीरगन्ज-१६ की २ वर्षीया साक्षी चौरसिया, ९ वर्षीय दिब्य चौरसिया, ३५ वर्षीया लक्ष्मीयादेवी, २२ वर्षीया रविना चौधरी, २५ वर्षीय सन्दीप चौरसिया, खैरहनी ८ का ५४

वर्षीय भिमसेन अधिकारी, सोही ठाँउका ३८ वर्षीय रविना अधिकारी, १७ वर्षीय सन्देश अधिकारी, १४ वर्षीय सृष्टी अधिकारी, हेटौंडा-१४ की मन्जुकुमारी लोप्चन, ७ वर्षीया सुवानी घिसिङ,

१२ वर्षीय विज्ञान घिसिङ, १४ वर्षीय अमृत लोप्चन र १४ वर्षीय प्रशान्त स्याङतानको उपचार भइरहेको छ।त्यस्तै भरतपुर मेडिकल कलेजमा हेटौंडा-१४ की ठूलीमाया लोप्चन,

भरतपुर-२२ का २१ वर्षीय आयुस बास्तोला र वीर गन्जस्थित नारायणी अस्पताल वीरगन्ज-१६ की ६० वर्षीया मालतीदेवी चौरसियाको उपचार भइरहे को प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।प्रहरी उपरीक्षक बोगटीका अनुसार वर्षाको समयमा तिव्र गति र ब्रेक फेल भएका कारण दुर्घटना भएको बता एका छन्।

चुरेहिल अस्पतालमा उपचार गराइरहेका चालक ढकालले चुरियामाईको ओरालोपछि बसमा ब्रेक नलागेको र सोही कारण दुर्घटना भएको बयान प्रहरीलाई दिएको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ।बस दुर्घटनाका घाइतेलाई स्थानीय र सुरक्षाकर्मी ले उद्धार गरी अस्पताल पठाएका थिए।

दुर्घटनालगत्तै घटनास्थल पुगेका जीतपुर-सिमरा २१ वडाध्यक्ष सुवास श्रेष्ठले क्षतविक्षत अवस्थामा रहेको बसबाट झिकेर घाइतेलाई अस्पताल पठाएको बता ए। श्रेष्ठले घटनास्थलमै १२ जनाको मृत्यु भएको जानकारी दिए।’घटनास्थलमा मृतक र घाइते यता उता छरिएको अवस्थामा थियो।

कोही कोही चिच्याइरहेका थिए, कोही रुँदै थिए,’ श्रेष्ठले भने, ‘हामीले छिटोभन्दा छिटो उद्धार गर्ने प्रयास गर्‍यौं, मृतक र घाइते सबैलाई अस्पताल पठायौं।’घाइते र मृतक सबैलाई अस्पताल लगेपछि प्रहरीले घटनास्थलबाट उक्त बस उठाएर पथलैया ल्याएको छ।

घटनापछि यस क्षेत्रका राजनीतिक दलका नेता, जनप्रतिनिधिले ठूलो मानवीय क्षति हुनेगरी दुर्घटना भएको भन्दै दुःख ब्यक्त गरेका छन्। ‘ब्रेक फेल भए पछि जोगाउन सकिएन’बसका चालक दिप्तीनारा यण ढकाल हेटौंडास्थित चुरेहिल अस्पतालको आ कास्मिक कक्षमा उपचार गराउँदै थिए।

शरीरको विभिन्न भागमा चोट देखिए पनि उनको अवस्था गम्भीर थिएन। उनी बोल्नसक्ने अवस्थामा थिए।आकस्मिक कक्षमा उपचार गराइरहेका चाल क ढकालले ब्रेक फेलकै कारण दुर्घटना भएको ब ताए। ‘चुरियामाईको

ओरालोपछि बसको ब्रेक लागेन्, मैले गाडीमै रहेका साहुजीलाई ब्रेक नलागेको जानकारी गराएँ,’ ढकाल ले भने, ‘त्यति भन्ने वित्तिकै बसका यात्रुहरु डराउन थाले। मैले आफूले भ्याएसम्म गर्न खाजे तर सकि नँ।’

बसलाई सडक छेउमै खसाल्न खोजेको भए पनि विपरित दिसाबाट आइरहेको गाडीका कारण स म्भव नभएको चालकको भनाइ थियो। ‘मैले कम क्षति हुनेगरी सडक छेउ कत्तै खसाल्नेसमेत प्रयास गरेँ,’ ढकालले भने, ‘तर सोचेजस्तो केही भएन।

तीन नम्बर पुल आएपछि मोडमा उताबाट गाडी आयो। अनि गाडी काट्नै सकिएनँ।’ नारायण घाट–टाडी चल्ने उक्त बस चाडपर्वका कारण क्युफ्री भएका कारण वीरगन्ज आएको हो। नारायणबाट पर्सासम्म बसका साहुले उक्त गाडी चलाएका थिए।

पर्सापछि ढकालले बस चलाएका हुन्। पर्साबाट चुरियामाईसम्म आँउदा गाडीमा कुनै समस्या नरहे को चालक ढकालले बताए। ‘चुरियामाईमा पनि रोकेर यात्रु चढाएको हो। त्यहाँसम्म केही समस्या थिएन्,’ ढकालले भने, ‘त्यसपछि ब्रेक नलागेको हो।’