
काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मे दवार बन्न खोजेकी चौधरीले शुक्रबार
फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनता को बीचमा आउन लागेको बताएकी हुन् ।सो क्षेत्र बाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय द लकी सचेतक शान्ता चौधरीलाई
उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन ।
राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जन ता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जन ताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर
समानुपातिक सांसद भएकी थिइन् ।आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइन सकेको उनले बताइन् ।
‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उन ले भनिन् ।