
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने लाई आज प्रहरीले त्रिभुवन अन्त र्राष्ट्रिय विमानस्थ लबाट पक्राउ गर्यो । एकातर्फ दशैंको माहोल र अर्कोतर्फ बिहानैदेखि मुसल धारे वर्षात भइरहेको हुँदा विमानस्थलमा सन्दीपका समर्थकहरुको खासै उपस्थिति देखिएन ।
अनुहारमा मास्क र क्याप लगाएका सन्दीप प्रहरीले हातमा लगाइदिएको हत्कडीलाई रुमालले छोपेर बा हिर निस्किएका थिए । अनुहारको उदासी उनले ल गाएको मास्कले छोप्न सकिरहेको थिएन ।
प्रहरी भ्यानतर्फ जाने क्रममा उनले हत्कडी लगाए को हातले उपस्थित सञ्चारकर्मीलाई ‘नमस्कार’ गर्ने प्रयास गरे ।सन्दीपलाई पक्राउ गर्न एआइजीको कमाण्डमा प्रहरीको ठूलै फौज बिमानस्थलमा तैना थ थियो ।
प्रहरीका तीन–चार गाडी बिमानस्थल अगाडि तेर्स्या इएका थिए । उनलाई बाहिर निकाल्ने क्रममा पनि ठूलो सुरक्षा घेरा बनाइएको थियो ।गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिना मंगलस्थित केएमसी अस्पतालमा लगेर स्वास्थ्य प रीक्षण गरियो ।
त्यहाँबाट फर्काएपछि सोही वृत्तको हिरासतमा रा खिएको छ । आज हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटे । चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए ।
सन्दीपका बाबुआमा भने चितवनमै छन् ।मध्यमव र्गीय परिवारबाट माथि उठेका प्रतिभा हुन् सन्दीप । उनका बुवा पहिले भारतीय रेल्वेमा काम गर्थे । दा जु अहिले पनि भारतमा कार्यरत छन् ।
उनी भारतको हरियाणामा सानोतिनो व्यवसाय गर्छन् । सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् ।सन्दीपका बुवा चन्द्रनारायण भार तीय रेल्वेमा काम गर्थे । जागीरबाट रिटायर्ड भए पछि उनी नेपाल फर्किएका हुन् ।
चितवनको सौराहामा उनीहरुको घर छ ।सन्दीपको घटना सार्वजनिक भएसँगै बुवा आमामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अ हिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थाले को पारिवारिक स्रोतले बतायो ।
अस्वस्थताका कारण उनीहरु आज काठमाडौं आउ न सकेनन् ।सन्दीपका दाजु मोहन भने अहिले भार तबाट काठमाडौं आएका छन् । उनले गौशला प्रहरी वृत्तमा सन्दीपलाई भेटेका थिए । सन्दीपले ल्याए का लगेज मोहनले नै बुझेर लगेका छन् ।-नेपाल