सर्वसम्मत सिफारिस भएपनि एमालेले अछाममा भीम रावललाई टिकट दिएन

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल यो पटक टिकट पाउनबाट बञ्चित भएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा

एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाएका हुन् ।उनको ठाउँमा झपट बोहरा अब प्रतिनिधि सभाको चुनाव लड्ने भएका न् । एमालेका निर्णय अनुसार अछाम–१ मा प्रतिनिधिसभामा

बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्ण प्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ

बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्याय ले टिकट पाएका छन् । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएन । नेकपाको

एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसे  का थिए ।१० भाईले परिचित रावल लगायतका ने ताहरु एमाले विभाजन भएर

बनेको नेकपा एसमा गएका थिएनन् । एमालेमै

फर्किएका १० मध्ये रावल, धनश्याम भुसाल र भीम आचार्यले १० औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।

रावलसँगै १० बुँदे मार्फत एमालेमा रहेकामध्ये सुदूरपश्चिममा प्रतिनिधिसभाकाे टिकट कैलाली २ मा झपट रावलले नै पाएका छन् । त्यस्तै

नेकपा एसबाट फर्किएका तारा लामा तामाङले कञ्चनपुर २ मा टिकट पाएका छन् । १० मार्फत बसेका केही प्रदेशमा टिकट पाएका छन् ।