
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अस्प ताल भर्ना भएकी छन्। डेंगुको लक्ष्ण देखिएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्।
शिक्षण अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारी लाई एने क्स २ को बेड ६०१ मा भर्ना गरिएको छ।
उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डा रीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’
डा. बमले अन्नपूर्णसँग भने, ‘रगतलगायतका परी क्षण गरेका छौं। ल्याबाट रिपोर्ट आएपछि मात्रै के भएको थाहा हुन्छ।’उनले आफूहरु रिपोर्ट कुरिरहे को बताए।
यो पनि,,एमालेबाट टिकट नपाउने थाहापाएपछि स्वतन्त्र उम्मेदवार बन्ने गंगा थारुको घोषणा
काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मे दवार बन्न खोजेकी चौधरीले शुक्रबार
फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनता को बीचमा आउन लागेको बताएकी हुन् ।सो क्षेत्र बाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय द लकी सचेतक शान्ता चौधरीलाई
उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन ।
राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जन ता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जन ताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर
समानुपातिक सांसद भएकी थिइन् ।आफूले एमा लेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् ।
‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उन ले भनिन् ।