टिकट नपाएपछि घनस्याम भुशाल एमाले पार्टीमा साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग।।

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परि त्याग गर्नुभएको छ । केहीबेरअघि सामाजिक स ञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै उहाँले सो घो षणा गर्नुभएको हो ।

हेरौ उनले दिएको सार्बजनिक बिग्यप्ती जस्ताको त्यस्तै… देशभक्ति, जनजीविका र लोकतन्त्रका ला गि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरे का हौँ ।

यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपाल को कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पु¥यायो । नवौँ महाधिवेशनले नेकपा एमा ले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई स मेट्दै हाम्रो आन्दोलनालाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो ।

तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्य दिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती ग¥यो । त्यसपछि पार्टी सं स्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो ।

आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वाम पन्थी मूल्यहरुमाथि योजनावद्ध आक्रमण बढ्दै ग यो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओली को दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छा चारिताको कैदी हुन पुगेको छ ।

नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ ।

तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्था पना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्ष मा पुगेको छु ।

नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु ।

कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इति हासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।
घनश्याम भूसाल
मणिग्राम, रुपन्देही
२०७९ असोज २२