चर्चित गायिकाको संवेदनशिल अंगमा कसले लगाइदियो जमरा?

नेपालीहरूको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेको छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आशीर्वाद लिने गरिन्छ । टिका ग्रहण गर्दैगर्दा मान्यजनहरूले जमरा पनि लगाई दिन्छन् ।

सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ । तर, यसपालिको दसैँमा एक चर्चित गायिकालाई भने संवेदनशिल अंगविच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेकी छन् ।

ती गायिकाको उक्त हर्कतलाई धेरैले ‘संस्कृति माथि विकृति’ भनेर आलोचना गरेका छन् । ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशिल अंगमा कसले लगाइदियो? धेरैले जिज्ञासा राखेका छन् ।

गायिका तथा मोडल लक्ष्मी आचार्यको दशैँको जम रा लगाएको फोटो अहिले सामाजिक सञ्जा लमा भाइरल भएको छ । उनले दशैको अबसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन् ।

आचार्यले फोटो समाजिक सञ्जाल फेसबुक मार्फ त सार्वजनिक गरेपछि समाजिक सकारा त्मक भ न्दा नकरात्मक टिप्पणी बढी भएका छन् ।आचार्य ले यसपालि आफ्नो दसैंको टिका नभ एको कारण ले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन् ।

ठुलावडाबाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छाती मा जमरा लगाएको आचार्यको तर्क छ ।‘प्रसङ्गमा जोड्दा २०७९ सालको दसैँ हाम्रो परिवारका लागि त्यति सहज थिएन ।

केही कुरामा दुखी हुँदाहुँदै पनि सम्पूर्ण दर्शक तथा श्रोताहरूमाझ खुसी ल्याउनका लागि मात्रै मैले उक्त जमरा लगाएकी हुँ ।मैले घरपरिवारका साथ बसेर दसैँको टिका जमरा र ठुलाबडाबाट आशीर्वाद थाप्न नसकेपनि जमरालाई छातिमा सजाएँ ।

कला, संस्कृतिलाई जगेर्ना गर्दैगर्दा छातिमा जमरा सजाएर राखेँ ।’ आलोचना भएपछि उक्त तस्विरको बारेमा आर्चायले स्पष्टीकरण दिएकी छन । उसो त आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकार को सूचीमा पर्छिन् ।