
बडादशैको टिकाको दिन भानु नगरपालीका तनहु का ४ बर्षिय आशिष बानिँया अन्य दुईजना साथी संग नजिकै रहेको टौवामा पिंङ खेल्न गए ।
साँझको करिब ५ः३० बजे तिर चितुवाले आशि ष माथी अक्रमण गर्यो र पीङबाट माथी जंगल तिर घिसारेर लग्यो । बाँकी रहेका दुईजनाले चतिुवाले लगेको देखेपछि नजिकैको
घरमा भन्न गए, बाहिर निस्केर हेर्दा चितुवाले आशि षलाई जंगलतिर लादै थियो । गाउँलेहरु जम्मा भए जंगलमा खोज्न गए तर आशिषलाई
भने नजिकै बारिको कुन्हामा छोडेर गएको रहेछ । करिब ३० मिनेटपछि बेहोस अवस्थामा फेला परेका आशिषलाई डुम्रेको लक्ष्मी अस्प तालले मृत घोषित गरेको थियो ।
भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यस अघि पनि भानु क्षेत्रमा पटक–पटक चितुवा ले आ क्रमण गर्दै आइरहेको छ ।
भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आ र्थिक वर्ष पनि चितुवाको आक्रमण परी ४ जना बा लबालिकाको ज्यान गएको थियो ।
जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्था नीयहरु त्रसित हुन पुगेका छन् ।