मोरङमा प्रचण्डका ज्वाईंले पनि पाए टिकट

२२ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधि सभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाए को हो

माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिव कुमार मण्डलको एकल नाम सिफारिस भएको थियो ।

उनीहरु दुबैले सिफारिस भएको स्थानबाट टिकट पाएका हुन् ।प्रदेश सभातर्फ मोरङको क्षेत्र नम्बर १ को (क)बाट कुलप्रसाद साम्बा

(कुशल लिम्बू)ले टिकट पाएका छन् । उनी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । क्षेत्र नम्बर २ को क बाट माओवादी केन्द्र प्रदश १ कमिटी सचिव गणेश उप्रेतीले टिकट पाएका छन् ।

२०७४ सालको निर्वाचनमा उनी सो क्षेत्रबाट परा जित भएका थिए ।मोरङको क्षेत्र नम्बर ६ को (क) बाट जीवन आचार्यले टिकट पाएका छन् ।

आचार्य माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ सालको निर्वाचनमा तत्कालिन वाम ग ठबन्धनबाट उम्मेदवार बनेका

आचार्य तत्कालीन कांग्रेस उम्मेदवार चुमनारा यण तबदारसँग पराजित भएका थिए । यो पटक तबदार लाई कांग्रेसले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा राखेको छ ।