
काठमाडौं । पीडित किशोरी ‘होस्टाइल’ भएकै का रण अभिनेता पल शाहले बलात्कारको मुद्दामा स फाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो ।
जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । बलात्कार आरोपकै अर्को मुद्दा तनहँुमा विचाराधीन भएकाले उनी जिल्ला कारा गार तनहुँमा थुनामा छन् ।
बिहीबार तयार भएको नवलपुर जिल्ला अदा लत को फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ ।
पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्या लय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो ।१५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जा हेरी पर्यो । जिल्ला अदालत, नवलपुरले शाहलाई बलात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो ।
पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।
आफ्नो विषयमा नकारात्मक समाचार आए काले बाबुले जाहेरी दिएको बयान दिएकी उनले कन्या जालीमा दाग देखिनुको कारणतर्फ संकेत गर्दै सानो उमेरमा साइकल चलाउने गरेको बताएकी थिइन् ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणी का घटनाहरू मा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्य क्ष संलग्नता रहेको हुँदैन।
त्यसैले सामान्य अवस्थामा करणीको कसूरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन् । जबरजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ ।
’प्रतिवादीले अनुसन्धानका क्रममा पीडितसँग कुरा कानी भएको, म्यासेज आदानप्रदान भएको फैसला मा औंल्याइएको छ ।अदालतमा पेश भएको अडि यो क्लिपमा भएको छलफल र
त्यसमा रहेको आवाज आफ्नो भएको स्वीकार गरे पनि पल शाहले अदालतमा इन्कारी बयान दिएका ले मिसिलमा संलग्न आधार र प्रमाणका आधारमा बलात्कार गरेको अनुमान गर्न मिल्ने अवस्था नभ एको फैसलामा उल्लेख छ ।
पल शाहमाथि लगाइएको आरोप किशोरीको तर्फ बाट शंकारहित रूपमा पुष्टि गरिएको हुनुपर्ने भन्दै फैसलामा भनिएको छ— ‘प्रतिवादको इन्कारी बया नलाई जाहेरवाला एवं स्वयं पीडितको अदालतसम क्षको बकपत्रबाट समेत पुष्टि भइसकेको अवस्थामा पल शाहमाथि लगाइएको अभियोग बाहेक
|किशोरी पक्षले शंकारहित तवरबाट करणीको वार दात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तु निष्ठ प्रमाण अदालतसमक्ष पेश गर्न सकेको देखिं दैन ।’ यसरी हेर्दा पीडित किशोरीले अदालतमा उप स्थित भएर दिएकै बयानका कारण पलले सफाइ पाएको प्रष्ट हुन्छ ।
पीडित किशोरी र जाहेरवाला (बाबु)ले अदाल तमा दिएको बयानलाई इजलासले अस्वीकार गरेको छ । पीडित किशोरी गायन अभिनय क्षेत्रमा छुट्टै पहि चान बनाएकी उदाउँदो बाल प्रतिभा भएको र आ फ्नो करिअरलाई नै असर पर्ने गरी कसैको प्रलो भनमा परेर अरूको
कलाकारिता र अभिनयलाई मेट्ने उद्देश्यले मात्र जाहेरी दिएको अनुमान गर्न नमिल्ने इजलासको ठहर छ ।बरु पीडित किशोरी र आरोपित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा बसेको देखिने जिल्ला अदालतले औंल्याएको छ ।
जाहेरीवालाले सामाजिक सञ्जाल लगायतमा नरा म्रो कुरा सुनेकाले उजुरी दिएको र पीडितले आफ्नो र प्रतिवादीबीच नराम्रो सुनेका कारण जाहेरी दिए को हुनसक्छ |भनेर अदालतमा दिएको बयानले प नि उनीहरूको सम्बन्ध कलाकारिता र अभिनयका क्रममा मात्र भेटघाट भएको र त्यतिकैमा रोकिएको नदेखिने फैस लामा उल्लेख छ ।
अदालतमा पेश भएको अडियो क्लिपमा रहेको अश्लील संवाद र प्रेमी प्रेमिकाबीच हुने वार्तालाप जस्तो देखिएको भन्दै फैसलामा भनिएको छ|‘ प्रति वादीलाई अनुसन्धानको क्रममा जबरजस्ती बयान कागजमा सहीछाप गर्न लगाइयो भन्ने अनुमान गर्न मिलेन ।
’बरु ‘बलात्कार’को घटनामा पनि पीडित र प्रति वादीबीच निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्क हुँदै आएको भन्दै फैसलामा भनिए को छ|त्यसैक्रमको सिलसिलामा मध्यबानेश्वरमा पीडित र प्रतिवादहरूका बीचमा संवाद एवं छलफलको अडि यो क्लिप बनाइएको समग्र
अवस्थाले प्रतिवादी र पीडित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ ।’लोकप्रियता कमा एका अभिनेतासँग नजिक हुन र उसलाई चाहनु पीडितको गल्ती नभएको भन्दै जिल्ला अदालतले बरु पलले आफ्नो रिल लाइफको क्रेजलाई वास्त विक जीवनमा गलत रूपमा प्रयोग गर्नु गलत भए को ठम्याएको छ ।
फैसलामा भनिएको छ— ‘यी प्रतिवादीबाट नाबालि क उपर अडियो संवादमा प्रयोग गरेका शब्द एवं सं वाद तथा अन्य एसएमए सलगायत का कुराकानी का गतिविधि समेतलाई हेर्दा यी प्रतिवादी(पल शाह )ले अभिभावकीय रूपमा आफ्नो जिम्मेवारी र कर्त व्य पूरा नगरी एउटा
प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरी नाबालिका उपर व्यवहार गरेको देखिन्छ ।पीडितमाथि गरेको व्यवहार र अडियो संवादलाई यौनजन्य अस्वाभावि क व्यवहार ठहर गर्दै जिल्ला अदालतले पल शाह माथि बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो ।
मुलुकी अपराध संहिताको दफा २२५ (३) अनुसार बाल यौन दुरुपयोगमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्छ ।फैसलामा भनिए को छ, ‘कसूरको अवस्था र प्रतिवादीले आफू गीत–संगीत र फिल्मी क्षेत्रमा रहेर झन् संवेदनशील बनेर बाल
कलाकारहरूलाई संरक्षण गर्नुपर्नेमा आफैं आफ्नो जिम्मे वारी र कर्तव्य भुलेर प्रेमीको रूपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई २ वर्ष ६ महिना कै द सजाय र ५० हजार रुपैयाँ जरिवाना हुने|