सन्दिप लामिछाने र बालिका एकैसाथ मिडियामा, दुबैको यस्तो बयान..

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान २२ वर्षीय सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसर्मपण गरे लगत्तै उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन धान सुरु गरिएको छ ।

दशैँको भोली पल्ट नै नेपाल झरे लगत्तै उनलाई गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिना मंगलस्थित केएमसी अस्पता लमा लगेर स्वास्थ्य परीक्षण गरियो भने सन्दी प्पलाई भेट्न उनका बाबु र आमा काठ माडौँ आउन सकेनन् ।

सन्दीपको घटना सार्वजनिक भएसँगै बुवाआ मामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेका छन् ।

सन्दीपलाई १ पोको गाँजा सहित पक्राउ परेका का ठमाडौंका विमल देउलादेखि पैसा लुटेको आरोपमा पक्राउ गरिएका सर्लाहीका संजय थापासहितका थुनुवा सँगै एकै स्थानमा राखि एको छ ।

हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटेका छन् ।चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए ।

दाजु भारतमा ब्यबसाय गर्छन् भने सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् । अहिले सन्दीपका बाबु आमा दिदीकै घरमा बस्दै आएको बताइएको छ ।