
नेकप एमालेका केन्द्रय सदस्य एवं प्रचार विभागका उपपम्रखु विष्णु रिजालले भएको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको अपरि हार्यता झन्झन् बढिरहेको बताएका छन ।सामा जिक सञ्जालमा देखिएका गलत सूचनाहरूको स्क्रिनसर्ट सेयर गर्दै उनले यस्तो बताएका हुन ।
रिजालले भनेका छन, ‘समाजलाई भ्रमित पार्नका लागि जतिसुकै कोसिस गरे पनि नेक पा (एमाले) को लोकप्रि यता र कमरेड केपी ओलीको अपरिहार्यता झन्झन् बढि रहेको छ ।’यस्तो छ रिजालको टिप्पणी पार्टीमाथिको प्रहा रको प्रतिवाद गरौँ !मुखुण्डोधारीहरुको सशक्त मुकाविला गरौँ !!
नेकपा (एमाले) का विरुद्धमा नक्कली समाचार (फेक न्युज) उत्पादनका कारखानाहरुलाई भ्याई नभ्याई छ । विवाद अरु पार्टीमा छ, समाचार एमालेको आउँछ । मानि सले अरु पार्टी छाडिरहे का छन्, प्रहार एमालेका नेताहरु माथि गरिन्छ ।कहिले इतिहासको विषय भइसकेको १० बुँदेको आत्मा मन्साइ्रन्छ, कहिले पार्टीभित्र कृत्रिम विवाद सिर्जना गरेर त्यसैलाई ‘ग्लोरिफाइ’ गरिन्छ ।
समाजलाई भ्रमित पार्नका लागि जतिसुकै कोसिस गरे पनि नेकपा (एमाले) को लोक प्रियता र कमरेड केपी ओलीको अपरिहार्यता झन्झन् बढिरहेको छ ।हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म नेकपा (एमाले) मा प्रवेश गर्नेहरुको लहर छ । थाहा छैन, यस्ता नक्कली समाचार हरुले कतिलाई कति दिन आत्मरति दिन्छ ! किनकि, मंसिर ४ अब टाढा छैन ।
सुर्खेत एमालेमा सुरु भयो विद्रोह ! काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा खड्कबहादुर खत्रीले टिकट नपाएपछि एमालेमा विद्रोह सुरु भएको छ।यस अघि एकल प्रदेश सभा सदस्यमा उम्मेदवारका लागि एकल सिफारिस भएका खत्रीको टिकट खोसिएको भन्दै विद्रोह थालिएको हो।
जसमा सिफारिसमै नपरेका नेकपा एमालेका नेता डण्डी प्रसाद शर्मालाई केन्द्रीय पार्टी कमिटीले टिकट दिएको छ।शनिबार नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठ कले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ९ख०को टिकट परिवर्तन तत्तकाल परिर्वतन गर्नुपर्ने निर्णय गरेको छ।नेकपा एमाले सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले उक्त क्षेत्रको टिकट परिर्वतन नभए निर्वाचन जिताउन नसकिने बताएका छन्।
उनले हारको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेर एमाले केन्द्रीय कर्यालयलाई चिठी पठाएको जानकारी दिए।वीरेन्द्रनगरमा सुर्खेत अध्यक्ष विसीको अध्यक्षतामा बसेको बैठकले पार्टीको अन्तरपार्टी निर्देशन बमोजिम एकल रुपमा सिफारिस भएका निवर्तमान प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी
सदस्य शर्मालाई टिकट दिनु पार्टी विधान र निर्देशन बिप रित भएको ठहर गरेको छ।बैठकले सम्बन्धित निर्वाचन क्षेत्रमा नामावली समेत नभएका र सधैं पार्टी अनुशासन उलङ्घन गरि पार्टीका विरुद्धमा सार्वजनिकरुपमा लागेका शर्मालाई उम्मेदवार बनाउदा आम कार्यकर्ता र मतदाताको भावना प्रतिकुल हुने निष्कर्ष निकालेको छ।साथै शर्मालाई उम्मेदवार बनाउने निर्णयलाई जिल्ला कमिटी सुर्खेत पूर्णरूपमा
असहमति प्रकट गरेको छ।खत्रीलाई गत भदौ १८ गते बसेको नेकपा एमाले प्रदेश समन्वय समितिको बैठकले एकल नाम सिफारिस गरेको थियो। एकल रुपमा सिफा रिस भएपछि उनी प्रचार–प्रसारमासमेत जुटिसकेका छन्।यसअघि नेकपा एमाले जिल्ला अध्यक्षका लागि शर्मा र हालका अध्यक्ष विसीबीच चुनाव भएको थियो। अध्यक्षमा शर्मा पराजित भएका थिए।
शर्मा र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलबीच पनि सम्बन्ध बिग्रीएको छ।टिकट वितरणमा असन्तु ष्टि जनाउँदै एमाले मोरङ सचिव खतिवडाले दिए राजीनामा काठमाडौं । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितर णमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।
पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।‘नेकपा एमाले मोरङको तर्फबाट उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धति र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूलहुने
गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति मेरो पूर्ण असहमति रहेको व्यहोरा जानकारी गराउँदछु,’ खतिवडाले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ,
‘पार्टी कमिटीहरू कार्यार्थ हुन्, केबल बोधार्थ वा मानार्थ मात्र होइनन् । पार्टीले गर्ने निर्णयहरू वा सूचनाहरूमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो । तर अहिलेको उम्मेदवारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णय विपरीत रहेको व्यहोरा अनुरोध छ ।
यसर्थ यस्तो गैर राजनीतिककार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकोले नेकपा एमाले जिल्ला कमिटीमोरङको सचिव पदबाट राजी नामा दिएको व्यहोरा अनुरोध छ ।’
खतिवडाले आफ्नो राजीनामा पत्र जिल्ला अध्यक्षलाई सम्बोधन गरेका छन् भने प्रदेश समिति र केन्द्रीय समितिका अध्यक्षलाई बोधार्थ दिएका छन् ।