
एक जना नाबालिग माथि जबरजस्ती गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने लाई विमानस्थल बाटै पक्राउ गर्ने तयारि प्रहरीले गरेको छ ।ब’लात्कार आरोपमा जाहेरी दर्ता भएसँगै फरार सूचीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेविरुद्ध प्रहरीले सबै जिल्लामा पक्राउ आदेश पठाएको छ।काठमा डौँ जिल्ला
अदालतबाट लामिछानेको नाममा पक्राउ आदेश जारी भएपछि प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सन्दीपको सबै विवरण सहित उनी फेला परेमा नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशा लामा पठाउन भनिएको छ।पक्राउ आदेशमा ‘स्याङ्जा आरुचौर गाउँपालिका स्थायी वतन भई हाल
काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने अन्दाजी ५ फुट सात इन्च उचाइ, गहुँगोरो पातलो वर्णको सन्दीप लामिछानेविरुद्ध जवर्ज स्ती क’रणीको जाहेरी दर्ता भएर अदालतबाट पक्राउ आदेश जारी भएकाले जहाँ भेट्यो नियन्त्रणमा लिएर पठाउन’ भनिएको छ।
प्रहरीले अदालतबाट बलात्कार आरोपमा पक्राउ गर्ने अनुमति पाए लगत्तै उनी हवाई या स्थल जुन मार्गबाट आए पनि नियन्त्रणमा लिन सबै प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयमार्फत परिपत्र गरेको छ।
उजुरीलगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।अहिले काठमाडौं प्रहरी परिसरले घटना को विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। अदालतले कप्तान लामिछानेलाई पक्राउ गर्न अनुमति दिएसँगै नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका सन्दीपलाई निलम्बन गरेको छ।
लामिछानेले आफ्नो ट्विटरको बायोबाट कप्तान भन्ने हटाइसकेका छन्।त्यस्तै, पक्राउ पुर्जी जारी भएको खबर पाएका लामिछानेले नेपाल फर्किने जानकारी दिएका छन्। सोसल मिडियाबाट आफू निर्दोष रहेको दावी गर्दै उनले लिग छाडेर नेपाल आउने र कानुन बमोजिमको प्रक्रियामा सहभागी हुने बताएका छन्।
उनले आरोपहरू निराधार भएको भन्दै कानुन सबैका लागि समान हुनेमा विश्वस्त रहेको लेखेका छन्।केही दिनमा नेपाल फर्किने भनेका लामिछाने कहिले नेपाल फर्किने भन्ने यकिन छैन। उनको फिर्ती सबैको लागि चासो हो।
प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगे का थिए।नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए।
रातिको ११ बजेर ५५ मिनेटमा होटेलमा लगेर लामिछानेले किशोरीलाई पटक पटक क’रणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटेलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसेको छ।
श्रोतका अनुसार पीडित किशोरी र लामिछाने बिचको कल डिटेल रेकर्ड प्रहरीले सङ्कलन गरिसकेको छ। त्यसमा जाहेरीमा गरिएको दाबी अनुसारकै विवरण देखिएको एक प्रहरी अधिका रीले बताए।
भक्तपुरको रिसोर्टमा दुवै जना पुगेको प्रमाण पनि प्रहरीले सङ्कलन गरिसकेको छ।बलियो प्रमाण सन्दीपले रिसोर्ट को बिल तिर्न इ पे प्रयोग गर्नु र त्यहाँका कर्मचारीको बयानसँगै सिसिटिभी फुटेज समेत सङ्कलन भइसकेको छ।
युवतीको स्वास्थ्य परीक्षण भइसकेको छ। घटनास्थलको मुचुल्का गरिए पनि जाहेरीमा गरिएको दाबी अनुसार खाट अनि सोफा छ छैन भन्ने बाहेक थप प्रमाण भने सङ्कलन हुन सकेको छैन।