
काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा. फिरदोस आलमले टिकट पाएका हुन् ।
मोहम्मद अफताब आलम जेल जीवन बिताइरहे का छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफा रिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ ।
टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।
यो पनि,,चुनावपछि नेपालीको भाग्य बदल्छौँ – प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट नेपाली को भाग्य बदलिने दाबी गरेका छन्। अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय
भेलालाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन्।उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेकोमा आफू गम्भीर रहेको बताए।
अब जनताको अवस्था बदलिने र घर आँगनमा खुशीयाली ल्याउने प्रतिबद्धता जनाए।उनले अवकाशप्राप्त समायो जित सेनाको माग सम्बो धन गर्न आफू तयार रहेको बताए।
अवकाशप्राप्त समायोजित सेनाले सङ्गठनमा आबद्ध हुने र निर्वाचन लड्ने अवसर पाउनुपर्ने माग गरेपछि सेनाको माग सम्बोधन सकारात्मक रहेको बताए।
तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन्।
पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन पुगेका प्रचण्डले दुई दिन चितव न बिताउनेछन्।