रवि लामिछानेद्वारा चितवन–२ बाट उम्मेदवारी दर्ता

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेद वारी दर्ता गराउनुभएकाे हाे । उहाँले आज आइतवार निर्वाचन अधिकृतकाे कार्याल य भरतपुर पुगेर प्रतिनिधि सभा सदस्यका लागि

चितवन–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । यसअघि लामिछानेले चितवन-३ बाट उठ्ने तयारी गर्नुभएकाे भए पनि अन्तिम समय मा चितवन–२ बाट उठ्ने निर्णय गर्नुभएको हाे ।

काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्तासँग छलफल गर्नुभएकाे थियाे ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन-१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो पनि,,मधुले महानायक राजेश हमालको खुट्टा ढोगेपछि सामाजिक संजालमा भाईरल, यस्तो भन्छन् दर्शक

काठमाडौं ।अभिनेता राजेश हमालको खुट्टा पत्नी मधुले ढोगेको त्तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।यो तस्वीरको पक्ष र विपक्षमा फ्यानहरु बाडिएका छन् ।

उनका तस्विर केही फ्यानले मन पराएका छन् भने कति पयले खुट्टा ढोगाउनुलाई पटक्कै मन नपरेको प्रतिक्रिया दिएका छन् रिदम ठकुरी लेख्छन्, ‘हाम्रो महानायक राजेश हमाललाई ढोगेको कति दामी देखिएको ।’

यो तस्वीरको पक्षमा समर्थन गर्नेहरु पनि प्रशस्तै छन् । विरोध गर्नेहरु पनि उत्तिकै । धेरैले मधुले संस्कारलाई पछ्याउँदै हमाललाई ढोगेको पनि कमेन्ट गरेका छन् ।

कमेन्टमा कविता घर्ती मगर लेख्छिन्, ‘सहरका शिक्षित भनिएका व्यक्तिहरुको त यो हालत छ ।बिचरा गाउँका चेलिबेटीको झन् के हालत होला ? ’

आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता राजेश हमाल विजयादशमीको भोलिपल्ट मात्र दशैं टीका लगा एका हुन् ।उनले दिदी र भिनाजुको हातबाट टीका लगाए ।

त्यसपछि हमालले मधु र निकट सहकर्मीलाई पनि बोलाएर टीका लगाइदिए । टीका थापेपछि मधुले हमालको खुट्टामा ढोगेकी थिइन् ।