काँग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी हुन्छु : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । आइतवार भक्तपुरको प्रतिनिधिसभा २ नम्बर क्षेत्र बाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिन पुगेका थिए । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मी हरूसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनी तिमा नेकपा एमाले आएपछि मात्रै

भक्तपुरको आवाज संसदमा मुखरित भएको बताए । उनले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्त पुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो ल क्ष्य रहेको बताए ।

उनले आफू तेब्बर मतान्तरका साथ विजयी हुने पनि बताए । नेता बस्नेतले भने, ‘राष्ट्रिय राज नीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज मुखरित भयो ।

पहिला भएको थिएन भन्ने जनताको गुनासो छ । भक्तपुरलाई राष्ट्रिय राजनीतिमा मुखरित गरा उनेछौँ । व्यापक औद्योगिकरण, नयाँ शहर निर्माण, धेरै रो जगारीको निर्माण गर्नेछौँ ।

सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने हाम्रो उद्देश्य छ । हामीले भक्तपुरको विका सको निमित्त अधिकतम प्रयोग गर्ने हिसावले काम गर्नेछौँ ।

गठबन्धन जनताको बीचमा अलोकप्रिय र आलो चित भएको छ ।नेकपा एमाले भएन भने राष्ट्रिय राजनीति कमजोर हुन्छ ।

हामी यसपा लिको निर्वाचनको हाम्रो प्रतिपक्षी प्रतिष्पर्धा काँग्रेस भन्दा तेब्बर भोटको अन्तरले जित्नेछौँ ।’

नेता बस्नेतले गठबन्धन जनताको बीचमा अलोक प्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्त रले आफू विजयी बन्ने दाबी गरे ।