सन्दीपले सिंगो राज्य आफ्नोवि;रु;द्ध लागेको महसुस गरेका छन्, भन्छन….संदिपका वकिल (हेर्नुहोस पुरा भिडियो)

काठमाडौं । सन्दीपका वकिल भने- नेपाली क्रिकेटका निलम्बित पुर्वकप्तान सन्दीप लामि छानेलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ ।

बिहीबार कतार एयरवेजको विमानबाट त्रिभुवन अन्त र्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीप लाई नियन्त्रण का लिन ठूलो संख्यामा प्रहरी तैनाथ थिए ।सन्दीपले नै सामाजिक

सञ्जालमार्फत आज बिहान नेपाल आइपुग्ने र आत्मसमर्पण गरेर कानुनी लडाइँ लड्ने बताएका थिए । तर, प्रहरीले सन्दीपको कुरा सुनेनन् ।सन्दीपका वकिलले पनि प्रहरीले सन्दीपको मागलाई अस्वीकार गरेको बताएका छन् ।

बिहीबार पत्रकारहरुसँग सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको बताएका हुन् ।

नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न प्ररहीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।त्यसपछि उनी बहीबार कतार एयर वेजको विमानबाट काठमाडौं आएका हुन् ।

उननले वकिल घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।अधिवक्ता घिमिरे बिहीबार बिहान प्रहरी वृत्त, गौशाला पुगेका थिए ।

तर, उनी त्यहाँ पुग्दा प्रहरी विमानस्थलमा पुगिसकेको बताए । उनले भने,गौशालामा आएपछि भेटौं भनेर बसें । उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।’

विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीप लाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगिएको थियो ।त्यहाँबाट सन्दीपलाई गौशाला लगिएको छ ।

अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बता उँदै आएका छन् । तर, जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको, सञ्चार माध्यममा एकपक्षीय कुरा मात्र आएको घिमिरे को भनाइ छ ।

उनले भने, ‘प्रहरीले एकपक्षीय रुपमा मात्र लिए को छ । त्यसैले सन्दीपले सिंगो राज्य आफ्नोवि रुद्ध लागेको महसुस गरेका छन् ।’ उनले राज्य नै आफूविरुद्ध लाग्दा सन्दीप मानसिक तनावमा रहेको समेत बताए ।

यसअघि सन्दीपले पनि आफू मानसिक तनावमा रहेको बताएका थिए ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***