पहिरोमा परेर वडाअध्यक्षसहित मलामी गएका १३ जना बेपत्ता भएकाे पुष्टि

काठमाण्डाै – कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका १३ जना पहि रोमा परेका हुन् । ‘१३ जना मलामी र लासलाई पहिरोले पुरेको छ’ उहाँले भन्नुभयो– ‘पहिरो सिधै तिला नदीमा खसेको छ ।

नदीमा बाढी आएकाले खोजी कार्यमा भने कठिनाइ भएको छ।’ अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका हुन् ।

पहिरोमा वडा अध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।