जापान कन्सर्टमा भिटेनले टाउकोमा बोतल फुटाए, मञ्चमै ढले

काठमाडौं । र्‍यापर भिटेन यतिबेला सांगीतिक टूरको सिलसिलामा जापानमा छन् । आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो जहाँ भिटेन गाय कीभन्दा आफ्नो हर्कतको कारणले चर्चामा आए ।

कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थाले । उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मे-हम्मे पर्न थाल्यो । गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए ।

उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएन न् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही बेरमा उठाए । अनि त्यसपछि भिटेनले कन्सर्टमा गाउन नसक्ने बताए ।

दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शोज नगर्ने र यही नै अन्तिम हुने पनि बताएका थिए । त र, भिटेनले एक्कासी किन यस्तो हर्कत गरे र स्टेज मा बेहोस् भए भन्नेबारेमा दर्शक र आयोजकको आ फ्नै तर्क छन् ।

मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाए को त्यहाँ पुगेका दर्शक बताउँछन् । अर्कोतर्फ, आयो जक चाहिँ मदिराको कारण भिटेन बेहोस् नभएको दावी गर्छ । मदिराकै कारण उनी ढलेका हुन् वा स्वा स्थ्यको कारण भन्ने कुरामा मतैक्य छैन ।

यद्यपी, बेहोस भएपछि उठेका उनले शारीरिक अस न्तुलनको कारणले आफू ढलेको दावी गरेका छन् । भिटेनले गाउन छाडेपछि आयोज कले उनलाई स्टे ज पछाडि लगेका थिए ।

त्यसपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए । मध्यपूर्वपछि भिटेन यति बेला टूरको सिलसिलामा जापानमा छन् ।