
२३ असोज, बुटवल । २०७४ सालमा समानुपा तिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसप टक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दै छन् ।
गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समा जवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा एमाले र जनता समाजवादी पार्टीको ।
पञ्चायत कालमा ४ पटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका अनुभवी बोहराले यसपटकको चुनाव आफ्ना लागि अन्ति म भएको बताएका छन् । बोहरा रुपन्देही–१ बाट चुनाव लड्न चाहन्थे, किनभने उनलाई जितका लागि त्यहाँ सहज थियो ।
३० वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष हरुले पाएको मतको आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा–जसपा गठब न्धन १२ हजार मतले अघि छ । तर एमाले सचिव छविलाल विश्वकर्माले २०७४ मा जिते को आफ्नो क्षेत्र नछाडेपछि बोहराले गृहमन्त्री खाँणलाई प्रतिस्पर्धीका रुपमा स्वीकार्न पुगेका हुन् ।
बोहरा २०६४ को चुनावमा रुपन्देही १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए । २०७० मा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृ ष्ण ताम्राका रलाई पराजित गर्दै विजयी भएका बोहरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ मा नेकपा एमालेका घनश्याम भूसालसंग पराजित भएका थिए ।
वाम गठबन्धनका उम्मेदवार भूसालले ३२ हजार ८६६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसको समर्थन पाएका बोहराले २७ हजार ४२२ मत पाएका थिए । त्यति बेला राप्रपा विभाजित थियो र वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याएका थिए ।
त्यतिबेला रुपन्देही–३ मा ४ हजार ६३ मत बदर भएको चुनाव चिह्नका कारण बदर भएको अधिकांश मत राप्रपाकै भएको राप्रपा रुपन्देही अध्यक्ष सागरप्रताप राणा बताउँछन् । अहिले राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीप्रति आकर्षण बढेको र विगत भन्दा पार्टीको मत बढेको उनको दावी छ ।
रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवलका वडा नम्बर १४ देखि १९, माया देवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ र तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।
एमाले कार्यकर्ताले बोहरालाई मत नदिने हुँदा खाँणको जित हुने तर्क गर्ने गरेका छन् । कांग्रे सभित्रै पनि संस्था पनको पेलाइमा परेकाले संस्था पन इतर नेता कार्यकर्ता खांणसंग असन्तुष्ट छन् ।
पार्टीको महाधिवेशनका क्रममा संस्थापन पक्षले संस्थापन इतरका नेता कार्यकर्तामाथि भौतिक आक्रमण नै गरेका थिए । त्यसको तुष बांकी नै रहेको र क्षेत्रमा पाखा लगाए को भन्दै संस्थापन इतरका नेता कार्यकर्ताले खाँणलाई सहयोग नगर्न सक्छन् ।
चुनाव जित्न गठबन्धनमा रहेका अन्य दलको भर पर्नुपर्ने कारण र अन्य सहायक कारणहरुले गर्दा बोहरा र खाँणको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।