
काठमाडौं । आज (मंगलबार) बलिउड महा नायक अमिताभ बच्चनको ८० औं जन्मदिन । यो अवसर मा उनलाई भारतबाट मात्र होइन, नेपालसहित विश्व भरबाट जन्मदिनको शुभ कामना मिलिरहेको छ ।
धेरै सेलिब्रिटीले अमिताभसँग भेटेकोदेखि उनी कस री प्रेरणादायी बन्ने भन्नेसम्मका किस्साको स्मरण ग रेका छन् । नेपाली अभिनेता सरोज खनालले पनि उनीसँगको स्मृतिलाई ताजा गराउँदै जन्मदिनको शु भकामना दिएका छन् ।
फिल्म ‘महान्’ छायांकनको क्रममा काठमाडौं आए का अमिताभ बसेको होटलमा जबर्जस्ती छिरेर आ फूले तीन घण्टा प्रतीक्षा गरेर भए पनि उनीसँग हात मिलाएको स्मरण सरोजले गरेका छन् ।
सरोज खनाल लेख्छन् :
म एसएलसीको पहिलो दिनको परीक्षा दिएर बाने श्वरबाट फर्कंदै थिए । क्षेत्रपाटीमा तपाईंको ‘बेमि साल’ भन्ने फिल्म भिडियोमा देखाइँदै थियो भोलि पल्ट म्याथको परीक्षा थियो ।
म गणितमा राम्रै थिएँ । मन मानेन । भोलिप ल्टको परीक्षा बिर्सेर खाजा खान दाइले दिनु भएको २ रुपै याँ ५० पैसा तिरेर हेर्न बसें । डेरामा आएर दाजुको पिटाइ खाएँ, किनकि दाजु पनि त्यही फिल्म हेर्न ब स्नुभएको रहेछ ।
अस्कल कलेजमा साइन्स पढ्दै थिएँ, तपाईं ‘महान्’ भन्ने फिल्मको सुटिङ गर्न मल्ल होटलमा आउँदै हुनु हुन्छ भन्ने सुनेर प्राक्टिकल क्लास
छोडेर तपाईंलाई भेट्न जबर्जस्ती होटलमा छिरें । करिब तीन घण्टाको पर्खाइपछि तपार्इं आउनुभयो ।
सौभाग्यवश त्यसदिन तपाईंसँग हात मिलाउने मौका मिल्यो । सायद त्यही बेलादेखि ममा पनि अभिनय गर्ने भूत सवार भएको थियो ।