
प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बला,त्कारको आरोप लगाएकी किशोरी नाबा,लिग नभएको दाबी गरेका छन् ।
२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदाल त, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रम मा
न्यायाधीशले सन्दीपलाई घट,नाबारे सोधेका थिए ।त्यसक्रममा लामिछानेले जाहेर,वालाकै आग्रहमा भेटेको र उनी नाबा,लिग नभएको दाबी गरेका छन् ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहे रवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।
’अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबा,लिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।
जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’
अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए ।
जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।