मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक फलोअर्स गायब

फेसबुकको सुरक्षा कमजोरीका कारण मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् ।

बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजो रीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको दे खिएको छ ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्ग को फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर ९ हजार हाराहरीमा देखिएको छ ।

फलोअर्सको संख्या थपघट भैरहेको छ । सामा जि क सञ्जाल ट्वीटरका धेरै प्रयोगकर्ताले आफ्ना फ लोअर्स घटेको गुनासो गरेका छन् ।

न्युजविक डटकमले अमेरिकाका ठूला सञ्चार मा ध्यमको फलोअर्स ह्वात्तै घटेको उल्लेख गरेको छ ।

यसबारे फेसबुकको अभिभावक कम्पनी मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।