पूर्व डीआईजीले २० लाख कमिशन लिएको बाेलेकाे भिडियो भाइरल

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा ने पाल सुशासन पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–१ मा उम्मेदवारी दिएका रमेश खरेल स्वयंले बोलेको ‘कमिसन लिएको’ भिडियो सामाजिक सन्जालमा फेरि भाइरल भएकाे छ ।

केही समयअघि एक टेलिभिजनमा अन्तर्वार्तामा दिने क्रममा बोलेको उक्त बाेली सामाजिक सन्जा लमा एकपटक फेरि भाइरल भएकाे हाे ।खरेलले अन्तर्वार्तामा दिने क्रममा भनेका थिए, ‘तीन करोड नेपालीको अगाडि भन्छु मैले १५ देखि २० लाख कमिसन खाएको छु ।

यदि त्यसो नगरेर तस्करसँग मिलेर महिनावारी खाएको भए ५० करोड कमाउँथे ।’

उनले अन्तर्वार्तामा थप उत्साहित हुँदै भनेका छन्, ‘देशलाई राजश्व वृद्धि गरेर कमिसन खाएर ।

अझ आइजीपी भएको के गर्थे थाहा छ, तीन करोड नेपालीलाई भन्छु कानुनसम्मत मेरो नाममा राख्न न हुने देशभरको राजश्व र रोयल्टी बढाएर मेरो छोरा को नाममा कमिशन खान्थे ।’

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाललाई बढुवा गरेपछि असन्तुष्ट बनेका खरेलले २०७४ चैतमा राजीनामा दिएका थिए ।

उता खनाल चाहिँ एमालेको तर्फबाट काठमाडौँ– ६ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरा एका छन् ।

उम्मेदवारी दर्ता गरेसँगै खरेलले सञ्चारकर्मीसँगको प्रतिक्रियामा संसदमा अपराधीको संख्या घटाउन आफूले उम्मेदवारी दिएको बताएका थिए ।