
झापा । पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जान लागेका झापा भद्रपुरका दुई बा लकलाई भारतीय प्रहरीले उद्धार गरेको छ ।
भद्रपुर नगरपालिका– १० काफ्ले टोल निवासी– १३ वर्षीय बालक सौगात काफ्ले र ११ वर्षीय प्र यास दाहाल घरमा कसैलाई केही जानकारी नगराई एकाएक बेपत्ता भएका थिए
उनीहरू सोमबार दिउँसो २ बजे भद्रपुर– गलगलि या सीमा नाका हुँदै भारत गएका थिए । पश्चिम बंग लाको उत्तर दिनाजपुरस्थित इटाहार प्रहरीले मंगल बार उनीहरूलाई उद्धार गरी सुधार गृह चाइल्ड लाइ नलाई जिम्मा लगाएका छन् ।
घटना अनुसार बालकहरू सौगात र प्रयास गलगलि या रेलवे स्टेसन पुगेर सिलीगुड़ीतर्फ जाने राधिका पु र रेलमा चढे । उनीहरू भारत गएको घरमा कसैले थाहा नै पाएन ।
अबेर रातीसम्म उनीहरू घर नफर्किएपछि परिवार जनले उनीहरूको खोजी सुरु गरे । उनीहरूको त स्बिर सामाजिक सञ्जालमा हालेर भाइरल नै बना ए । परिवारजनले बालक हराएको भन्दै भद्रपुर र गलगलिया प्रहरीलाई समेत जानकारी गराए ।
मंगलबार बिहान इटाहारको सडकमा दुई बालक घुमिरहेको भारतीय प्रहरीले देखेपछि उनीहरूलाई उद्धार गरी प्रहरी कार्यालय लगेका थिए । त्यसपछि भारतीय प्रहरीले दुवै बालकलाई जिल्लाको चाइल्ड लाइनलाई जिम्मा लगाए ।
भारतमा बालक भेटिएको सूचना पाएपछि दुवै बालकका अभिभावक उनीहरूलाई लिन इटाहार गएका छन् ।
‘दुवै भतिज पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जान लागेकोपछि थाहा भयो,’ उनका का का धनबहादुर काफ्लेले भने, ‘घरलाई कसैलाई नभ नी उनीहरू गएका रहेछन्, भतिजहरू फेला परे प नि भारतीय पक्षले
अभिभावकलाई जिम्मा लगाउन आलटाल गरिर हेको छ ।’ भतिजहरूलाई नेपाल ल्याइदिन सम्ब न्धित पक्षले पहल गरिदिनु पर्ने उनको भनाई छ