बिबाह पछि निता हरिहरसँग रोईन,हनिमुन मनाउन नपाउदैँ नीता ढुंगाना अस्पताल भर्ना(भिडियो सहित)

गत असार २४ गते विवाह गरेकी नायिका नीता ढुंगानाको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी छन् ।पारिवारिक स्रोतका अनुसार एपे न्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो ।तर, जाँदै गर्दा बाटोमा अचा नक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।

नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।

असार २४ मा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गरेका थिए ।उनीहरुको विवाह काठमाडौंको याक एण्ड यति होटलमा भएको हो ।

उनीहरूको विवाहमा सेलेब्रिटी, व्यवसायी तथा आफन्तहरूको सहभागिता थियो ।नीताले आफ्नो विवाहको फोटो फेसबुकमा सार्वजनिक गरेकी छन् । नीता र हरिहर तीन वर्षदेखि प्रेममा थिए ।