यसरी राप्रपालाई रिझाउँदै ओली राप्रपाले सहयोग नगरे हार्ने निश्चित…

बिर्तामोड — एमाले अध्यक्ष केपी शर्मा ओली मनोन यन दर्ता गर्न आइतबार मध्याह्न दमक नगरपालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयभि त्र प्रवेश गर्दा हल खचाखच थियो । बीचको कुसीमा ओली बसे । बायाँतर्फ झापा ५ (२) का उम्मेदवार होमबहादुर थापा बसे, दायाँतर्फको कुर्सीमा अधिव क्ता नारायण भट्टराई बसेका थिए ।

निर्वाचन कर्मचारी ओलीको मनोनयन दर्ताको काम गर्दै थिए । ओली दायाँबायाँ हेर्दै अचानक बोले, ‘मेयरसाप खोइ ? मेयरसापलाई बोलाऊ ।’ त्यस पछि नजिकैका एमाले नेता–कार्यकर्ताले ‘राम दाइ, राम दाइ’ भन्दै दमकका मेयर राम थापाको खोजी गरे ।

भीडमा अलमलिएका नगरप्रमुख राम थापा तत्का ल ओलीनजिक पुगेर ‘अध्यक्षज्यू, म यहीं छु’ भनेर हाजिरी जनाए । थापालाई हेर्दै ओलीले मुसुक्क हाँ स्दै आफूसँगैको कुर्सीमा बस्न आग्रह गरे तर नगर प्रमुख थापा कुर्सीमा बसेनन् । उनले झापा ५ (१) का एमाले उम्मेदवार हिक्मत कार्कीलाई बस्न दिए ।

नगरप्रमुख थापा राप्रपाका प्रदेश १ अध्यक्षसमेत हु न् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मनोनयन दर्ता गरेको निर्वाचन क्षेत्र झापा ५ हो । उक्त क्षेत्रबाट ओलीले २०४८ यता निरन्तर चुनाव लड्दै आएका छन् ।

२०६४ मा बाहेक सबै चुनाव जितेका छन् । एमा लेका लागि झापामा चुनाव जित्न सजिलो क्षेत्रका रूपमा समेत हेरिन्छ क्षेत्र ५ लाई । राष्ट्रिय राजनी तिमा लगातार उचाइ भर्दै गएका ओली उम्मेदवार भएपछि एमालेलाई उक्त क्षेत्र थप सहज बन्दै गए को हो ।

यस पटक भने एमाले नेता–कार्यकर्ता मात्र होइन, स्वयं ओली पनि आफ्नो निर्वाचन क्षेत्रलाई ‘सहज’ मान्न तयार देखिँदैनन् । ६ महिनाअघिको स्थानीय चुनावको नतिजाबाट उनी झस्किएका छन् ।

उनलाई नेता–कार्यकर्ताको मात्र भर लाग्न छोडेको छ । स्थानीय चुनावपछि ओली लगातार आफ्नो नि र्वाचन क्षेत्रमा आइरहेका छन् ।एमा लेले झापामा राप्रपासँग चुनावी तालमेल गरेको छ । तालमेल अनुसार ५ नम्बरमा राप्रपाका उम्मेदवार छैनन् ।

गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी उम्मे दवार छन् । अधिकारी २०७४ को चुनावमा ओली सँग पराजित भएका थिए । अघिल्लो पटक वाम ग ठबन्धनका कमान्डरसमेत रहेका ओलीलाई चुनाव जिताउन राप्रपाले पनि सह योग गरेको थियो ।

त्यसबेला कांग्रेस एक्लै चुनाव लडेको थियो । मंसिर ४ को चुनाव जित्न मुलुककै ठूलो पार्टीको अध्यक्ष तथा दुई पटक प्रधानमन्त्रीसमेत भइस केका ओली लाई राप्रपाका कार्यकर्ताको मत आवश्यक देखिन्छ ।

त्यसका लागि एमालेका स्थानीय, जिल्ला स्तरीय ने तासँगै ओलीले पनि राप्रपाका हरेक गतिविधिलाई ध्यान दिएका छन्, राप्रपाका नेता–कार्यकर्तासँग नि रन्तर सम्पर्कमा छन् ।

प्रधानमन्त्री भइसकेका र पुनः प्रधानमन्त्री हुने जान्दाजान्दै पनि २०७४ को चुनावमा ओलीलाई दक्षिणी भेगबाट निराशाजनक मत प्राप्त भएको थियो । गौरादह दक्षिण र गौरीगन्जका मतदान के न्द्रमा खसेकोमध्ये आधाभन्दा पनि कम मतमात्र ओलीले पाएका थिए ।

उक्त क्षेत्रबाट ओलीलाई यसपल्ट पनि खासै सुधार को अपेक्षा छैन । त्यसकारण पनि ओली लाई यस पटक राप्रपाको सहयोग अनिवार्य छ । तर, दमक को राप्रपा धर्मसंकटमा छ । तालमेल भए पनि खु लेर ओलीका लागि भोट माग्न हिँड्न सकेको छैन ।

६ महिनाअघि स्थानीय चुनावमा राप्रपाले सत्ता गठ बन्धनको सहयोगमा दमकको नगरप्रमुख जितेको थियो । नगरप्रमुख दिँदै गर्दा गठब न्धनका नेताले राप्रपाका प्रदेश अध्यक्ष थापालाई मंसिरको चुनाव सम्म सघाउनुपर्छ भन्दै ‘कसम’ खुवाएका थिए । थापाले कसम बिर्सिएका छैनन् ।

प्रमुख–उपप्रमुख नभए पनि दमक नगरपा लिकामा बहुमत एमालेको छ । बहुमत भएकै कारण एमाले ले असारमा नगरपालिकाको बजेट पारित गर्ने क्रम मा अड्को थाप्यो । एमालेको अवरोधका कारण थापाले असार मसान्तमा बजेट पारित गर्न सकेनन् । करिब महिना दिनको उल्झनपछि नगरपालिका को बजेट त पारित भयो तर थापा र एमालेको सम्ब न्ध सुध्रन सकेन ।

तीन दशक एकछत्र नेतृत्व गरेको दमक नगर पालिकाको प्रमुख–उपप्रमुख गुमाएपछि एमाले दबाबमा छ । दमकको प्रमुखमा राप्रपा का थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना प्रसाईं निर्वाचित भए का छन् । क्षेत्रभित्रको कमल र गौरीगन्ज गाउँपालि काको प्रमुख पनि कांग्रेसले जितेको छ । चारवटा पालिका रहेको झापा ५ मा गौरादह नगरपालिकामा मात्र एमालेको नेतृत्व छ ।

तालमेलको सहमतिअनुसार मंसिर ४ मा राप्रपाका कार्यकताले इमानदारिता देखाउने बताउँछन् एमाले जिल्ला अध्यक्ष दीपक कार्की । ‘चुनावी तालमेलको सहमति केन्द्रबाट भएको होइन, हामीले स्थानीय जिल्ला तहमै गरेका हौं, त्यसैले राप्रपाले अध्यक्ष ओलीलाई भोट दिँदैन कि भनेर शंका गर्नुपर्दैन,’ उनले भने ।