राष्ट्रपतिको विरोध म सहन सक्दिन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्री बालकृष्ण खाणको राजीनामा मागेका छन्।गैरआवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई

सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्था माथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरो धी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका ला गि भए पनि गृहमन्त्रीको

राजीनामा दिनुपर्ने बताए।उनले गैरआवासीय नेपा ली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनै तिक आरोप लगाउनु गलत भएको बताए।

अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृह मन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको ब ताए। उनले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहे को उल्लेख गर्दै प्रतिवाद नगर्ने

संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको जिकिर गरे। अध्यक्ष ओलीले नागरिक ताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिए।

उनले नागरिकतासम्बन्धी विषयमा डिबेट गर्न आफू सँग आउन सत्ता गठबन्धनलाई चुनौती दिए।ओली ले भने, ‘एउटा कुरामा मेरो ध्यान गम्भीरताका साथ गएको छ।

हिजो गृहमन्त्रीजीले यस मञ्चको प्रयोग होइन, दुरु पयोग गरेर सम्माननीय राष्ट्रपतिज्यूको सम्बन्धमा जो अनर्गल भन्नुभयो, त्यो बहुतै गम्भीर विषय हो।

सरकारको मन्त्रीले राष्ट्रपतिका सन्दर्भमा कहीँ पनि आलोचना गरिँदैन। त्यो लज्जाजनक कुरा हो, अस  भ्यताको कुरा हो।वास्तवमा भन्ने हो भने त्यस टिप्प णीभन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हु न्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजी नामा मागि सक्नु पर्दथ्यो।

उहाँले राजीनामा गर्नुपर्दथ्यो।’उनले थपे, ‘जहाँ सम्म नागरिकताको प्रश्न छ, यसमा धेरै राजनीति नगर्न म सुझाव दिन चाहन्छु। हरेक फोरम, हरेक मञ्चमा धे रै राजनीति गरिरहनुभएको छ। त्यस्तो राजनीति ग रिरहनु पर्दैन।’