उजुरी दिने नाबालिगको परिचय खुल्यो: बाबु माओवादी कार्यकर्ता, आमा र बाबुले गरेका दोस्रो विवाह

काठमाडौ । नेपाली खेल क्षेत्रका एक चम्किला ता रा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको द लदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यव स्थाको पासोमा परेर उनको उर्बर खेल करिअर त था निजी जीवन तहसनहस बनेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय वि मानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

अदालतको आजको आदेशसँग अव सन्दीप का त्तिक १ गतेसम्म प्रहरी हिरासतमा रहनुपर्नेछ । असोज २४ गते अदालत उपस्थित गराउँदा सञ्चार कर्मीको नजरबाट लुकाइएका सन्दीपलाई आज पनि प्रहरीले सञ्चारकर्मीबाट लुकाएर अदालत उपस्थित गराएको छ ।

नाबालिगको पारिवारिक पृष्ठभूमि यस्तो रहेको छ। जुनेलीका बाबु राजनीतिक कार्यकर्ता हुन् । नेकपा माओवादीमा आवद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घाटा खाए पछि उनी विदेशिए ।

केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे । उनी विदेशमा रहँदा नेपालमा पत्नीले अर्को विवा ह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्रीम ती भित्र्याए ।

जुनेली सानै छँदा बाबु र आमा दुवैले दोस्रो विवाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् । उनै दाजुले जुनेलीका तर्फबाट सन्दीपविरुद्ध जाहेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अल्ला रे उमेरकै छन् । उनको हुलिया पनि अल्लारे नै छ ।

जुनेली काठमाडौंको एक होस्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी विद्यार्थी हुन् । उनको होस्टलको चार्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जि म्मेवारी राम्ररी निभाएका छैनन् । यद्यपि, दुवैको परि वारसँग उनको आउजाउ भने छ ।

जुनेलीले लडिरहेको कानूनी लडाइँमा बुवाआमाको खासै समर्थन वा चासो पाइँदैन । बुवा फ्रन्टमा आउ नै नचाहेकाले उनका दाजुले जाहेरीमा दस्तखत गरे का हुन् ।

प्रहरीले जाहेरी दर्ता गर्नुअघि काठमाडौं इन होटल को सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सन्दी प र जुनेली सँगै होटलमा गएको स्पष्ट देखिएपछि जाहेरी दर्ता गर्न प्रहरी तयार भएको थियो ।(नाबा लिगको जुनेली नाम परिवर्तन हो) ।