
सुर्खेत — बैंकहरूले ऋणमा हर्जाना र चर्को ब्याज असुलेको भन्दै सुर्खेतका व्यापारी सडकमा उत्रिए का छन् । शुक्रबार वीरन्द्रनगरका बजार बन्द गराउँ दै उनीहरूले राष्ट्र बैंक र बैंकहरुविरुद्ध नाराबाजी समेत गरे ।
व्यापारीहरुको संयूक्त व्यवसायी संघर्ष समितिले बैं कको ब्याज तथा हर्जाना संसोधन गर्न माग गरेको छ । मुलुकमा पछिल्लो समय चुलिँदै गएको आर्थि क मन्दीका बीच नेपाली व्यापारी हरूले भरथेग व्य वसाय धानिरहेका बेला
समस्याग्रस्त बनाउनेगरी राष्ट्र बैंकले चालुपुँजी मार्ग निर्देशन २०७९ जारी गरेको र नीतिगत दरहरु बढा ई ब्याजदर बढाउन भूमिका खेलेको उनीहरुको आ रोप छ ।
आर्थिक मन्दीको अवसर छोपेर बैंकहरुले सिन्डि केट खडा गरी ब्याजदर निर्धारण गर्ने गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
समितिले जारी गरेको विरोधपत्रमा भनिएको छ ‘अ र्थतन्त्र चलायमान बनाउनुको साटो निजी क्षेत्रमा ग एको ऋणको ब्याज मनलाग्दी ढंगले बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क
लिएर थप आर्थिक भार पार्ने, ब्याज र किस्ताका लागि निरन्तर मानसिक दवाव दिने जस्ता कार्यले व्यवसायी निराश छौं ।’
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडे ल लगायत विभिन्न व्यापार व्यवसायमा संलग्न संग ठनहरुले लिखित विरोध पत्र प्रमुख जिल्ला अधिका री खगेन्द्रप्रसाद रिजाल मार्फत् प्रधानमन्त्री कार्याल यलाई पठाएका छन् ।
व्यापारीले कर्जाको ब्याजदर एकल अंकमा कयम गरी स्थायित्व हुनु पर्ने, सेवा शुल्क लगायत जुनसुकै शुल्क लिन नपाउने, पुरानो
चालु पुँजी कर्जा यथावत् राखेर नयाँ निर्देशिका क्रम श: लागू गर्नुपर्ने, कर्जाको ब्याजदर पुन: संरचना गर्न दिनुपर्ने लगायतका माग अघि सारेका छन्