मेयर बालेनले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई हर्कले एक महिनाको तलब दिने घोषणा

धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर

जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्।

‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’, उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।

यो पनि,,डिभोर्सपछि एक्लै रमाइरहेकी मिलन नेवार भन्छिन् सिंगलमै खुसी छु (हेर्नुहोस्)

काठमाडौं – चर्चित गायिका मिलन अमात्य अब मिलन नेवारका रुपमा चिनिन चाहन्छिन् । केही समयअघि पति मेन्सन अमात्यसँग डिभोर्स गरेपछि ‘सिंगल’ रमाउँदै आएकी उनी आफ्नो नामबाट ‘अमात्य’ ‘डिलिट’ गर्न चाहन्छिन् । ‘अब म आफ्नै नाम र पहिचानले चिनिन चाहन्छु’ भारतको आसममा जन्मिएकी मिलन भन्छिन्,

‘मिलन आमात्यभन्दा पहिले नेवारकै रुपमा चिनिएकी हुँ ।’ तर, उनलाई अमात्य डि लिट त्यति सजिलो छैन । किनकि, नेपाली सांगीतिक क्षेत्रमा उनी मिलन अमात्यकै रुपमा चर्चित छिन् । एक दर्जनभन्दा बढी भाषामा गीत गाइसेकेकी यी चर्चित गायिका भन्छिन्, ‘म स्वतन्त्रता चाहन्छु ।

त्यसैले फेरि घरजम गर्नेबारे सोचेकी नै छैन ।’ हाल ‘मिलन यात्रा’ एल्बमको तयारी गरिरहेकी यिनै मिलन नेवारसँग एमपी सुब्बाको जम्काभेट : पछिल्लो समय के गर्दै हुनुहन्छ ?

गीत रेकर्डिङ र स्टेज कार्यक्रमहरुमै व्यस्त छु । साथै, म्युजिकको अध्ययनलाई पूरा गर्दैछ । अहिले त्यसैमा बढी ब्यस्त छु ।

मोडलिङ पनि आफै गर्नुहुन्छ है ?आफ्नो गीतको भिडियोमा मात्र हो । अरुको भिडियोमा गरेकी छैन ।

यति व्यस्त हुनुहुन्छ । तर हिजोआज मिडियामा त्यति देखिनुहुन्न नि ? हो, मैले जोसुकैलाई अन्तर्वाता दिएकी छैन किनकि मिलन अमात्य लाई ओझेलमै पार्न खोज्दैछु । म अब मिलन नेवारका रुपमा चिनिन चाहन्छु । अमात्य हुनुभन्दा अगाडि मिलन नेवारकै रुपमा चनिन्थे ।

तर, नेपाली सांगीतिक क्षेत्रमा मिलन अमात्यकै रुपमा चर्चित हुनुहुन्छ नि ? हो, यो मेरो लागि रमाइलो र चुनौती पनि हो । तैपनि मिलन अमात्य नै मिलन नेवार हो भन्ने बिस्तारै बुझाउने छु । मिलन अमात्यकै रुपमा चिनिँदा केही बाधा छ र ?

त्यस्तो बाधा छैन । तर, कतिपय पतिसँग डिभोर्स गरेर पनि पतिकै थर राख्दै आएको सुनेकी र देखेकी छु । तर, मेरो आफ्नै पहिचान छ । अर्को कुरा उहाँ (मेन्सन)ले विवाह गरेर आफ्नो जीवन अगाडि बढाइसक्नु भएको छ । यो अवस्थामा मैले किन उहाँको थर राख्नु ? साथै थर र जातलाई भन्दा काम र योगदानलाई मुल्यांकन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

अहिले ‘सिंगल’ हुनुहुन्छ । ‘डलब लाइफ’ र ‘सिंगल लाइफ’मा के फरक पाउनुभयो ?

सांगीतिक करिअर सुरु गर्दा पनि सिंगल नै थिएँ । बिचमा डबल भएकी हुँ । र, अहिले फेरि सिंगल छु । विवाह गरे पछि कतिपय कुरा चाहेर पनि गर्न सक्दिनँ थिएँ किनकि, घरमा जति नै स्वतन्त्र भए पनि एक बुहारी थिएँ । त्यो मैले आफैले पनि मनन गर्नु पर्दथ्यो । अहिले आफ्नै आमा–बुबासँग बसेकी छु । स्वतन्त्र काम गर्न पाएकी छु । र, खुसी पनि छु ।

सधैं सिंगल बसेर त हुन्न होला । अर्को विवाहको बारेमा के सोच्दै हुनुहुन्छ ?

अहिलेसम्म त्यस्तो केही सोचेकी छैन । संगीत र मेरो पढाइलाई पूरा गर्नेक्रममा छु । विवाहपछि पूरा गर्न नसकेको मेरो संगीतको अध्ययनलाई यो वर्ष पूरा गर्दैछु । ललित क्याम्पसबाट संगीतमा ब्याचुलर क्लियर गर्दैछु ।

विवाह गर्नुपर्छ भनेर आमा–बाबुले कर गर्नुहुन्न ?अहँ गर्नु हुन्न । कतिपय कुरामा म आफैँ निर्णय गर्छु । त्यसैले पनि उहाँहरुले केही भन्नु हुन्न ।